विराटनगरमा युवतीलाई याैन कार्यमा लगाउने रेष्टुरेन्ट  सञ्चालक सहित दुई जना जेल चलान

विराटनगरमा युवतीलाई याैन कार्यमा लगाउने रेष्टुरेन्ट  सञ्चालक सहित दुई जना जेल चलान

विराटनगर, १५ चैत । युवतीहरुलाई काममा लगाइदिने भन्दै जवरजस्ती  यौन शोषण गरेको आरोपमा विराटनगरको एक रेष्टुरेन्ट  सञ्चालक सहित दुई जनालाई जिल्ला अदालत मोरङले थुनामा राख्न आदेश दिएको छ ।

विराटनगर–९ मा रहेकाे टिफिन रेष्टुरेन्टकी सञ्चालक ३२ वर्षीय प्रिया भनिने पूर्णीमा श्रेष्ठ र साेही रेष्टुरेन्टमा काम गर्ने २६ वर्षीय कल्पना भनिने टीका चौधरीलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको अनुसन्धान अघि बढाउन आदेश दिएको हो । बिहीबार न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा राख्न आदेश दिएपछि दुवै जनालाई बिहीबार नै कारागार चलान गरिएको  अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।

जिल्ला सरकारी वकिल कार्यालय मोरङले श्रेष्ठ र चौधरीसहित फरार रहेका विराटनगर–४ दूधफारमका २८ वर्षीय सञ्जय श्रेष्ठलाई प्रतिवादी बनाएर मानव बेचबिखन तथा ओसार पसार, जवरजस्ती करणी र जवरजस्ती करणी उद्योग अन्तर्गतको मुद्दा दर्ता गरेको थियो । गत फागुन ७ गते पक्राउ परेका  दुई जनालाई  अनुसन्धान अघि बढाएको थियो ।

विभिन्न जिल्लाबाट कामको खोजीमा आएका युवतीलाई प्रलोभनमा पार्दै रेष्टुरेन्टमा काम दिने वहानामा जवरजस्ती यौन धन्दामा लगाएर युवतीहरुमाथि यौन शोषण गर्ने गरेको प्रहरीले जनाएको छ । युवतीलाई विभिन्न डर र धम्की देखाउँदै कारकापमा पारेर रेष्टुरेन्टमा आएका ग्राहाकसँग मोटो रकम लिंदै जवरजस्ती यौन व्यवसायमा लगाउने गरिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्