धनपालथान गाउँपालिकाका विपन्न र असहाय बालबालिकालाई पौष्टिक आहार वितरण

धनपालथान गाउँपालिकाका विपन्न र असहाय बालबालिकालाई पौष्टिक आहार वितरण

विराटनगर, १५ चैत ।
नेपाल डेभल्पमेन्ट सोसाइटी काठमाडौंले मोरङको धनपालथान गाउँपालिकाका विपन्न र असहाय बालबालिकालाई पौष्टिक आहार वितरण गरेको छ ।

सोसाइटीले धनपालथान गाउँपालिकाका ७ वटै वडाका विपन्न, असहाय र दलित ३ सय बालबालिकालाई पौष्टिक आहार वितरण गरेको हो । धनपालथान–२ कदमाहामा आयोजित कार्यक्रमकाबीच उनिहरुलाई पौष्टिक आहार वितरण गरिएको हो ।
बालबालिकालाई हर्लिक्स, पाउडर दूध, लिटो र जुससहित बेबी पाउडर, तेल तथा साबुन वितरण गरिएको थियो । खाडी मुलुकको कुवेतस्थित अल रहमा इन्टरनेशनलको आर्थिक सहयोगमा ती सामग्री वितरण गरिएको धनपालथान–२ का वडाध्यक्ष मोहम्मद हुसैनले जानकारी दिए ।
साढे ४ लाख मूल्य बराबरका सामग्री वितरण गरिएको उनले बताइए । यसअघि गएको वर्ष सो संस्थाले कदमाहा २ मै बाढीपीडित विपन्न परिवारका लागि साढे २ करोडको लगानीमा ८० वटा घरसहित मस्जिद र मदर्सा निर्माण गरेर समुदायलाई हस्तान्तरण गरिसकेको छ ।
पौष्टिक सामग्री वितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख हरिलाल सिंह, आयोजक संस्थाका अध्यक्ष नजरुल हसन, कार्यक्रम संयोजक डाक्टर सरिफ आलमसहित स्थानिय जनप्रतिनिधि र सर्वसाधारणको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्