यात्रु कुरिरहेको गाडीमा एक्कासी आगाे लागेपछ…

यात्रु कुरिरहेको गाडीमा एक्कासी आगाे लागेपछ…

धनगढी, १५ चैत । कैलालीको अत्तरियामा यात्रुको प्रतीक्षामा रहेको एक गाडीमा एक्कासी आगलागी भएको छ । अत्तरियाबाट नेपालगञ्ज जानका लागि यात्रु खोजीरहेको गाडीमा एक्कासी आगलागी भएको हो।

शुक्रबार बिहान साढे ७ बजेतिर कैलालीको गोदावरी नगरपालिकामा पर्ने अत्तरिया चोकमा रोकिराखेको बा ४ ख ५८६८ नम्बरको हायस गाडीमा एक्कासी आगलागी भएको कैलालीका प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताए।

गाडीमा मालिक र चालक मात्र रहेका बेला तार सर्ट भए आगलागी भएको जानकारी आएको एसपी तिम्सिनाले बताए । आगलागीपछि गाडीमा भएका दुवैजना भागेर बचेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीकै अगाडी पूर्वरोडमा आगलागी भएकाले गोदावरी नगरपालिकाको दमकल र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । जलेर गाडी क्षतिग्रस्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्