अपडेट : विराटनगरबाट डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत घुस सहित पक्राउ

अपडेट : विराटनगरबाट डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत घुस सहित पक्राउ

विराटनगर, १५ चैत ।
डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत सलाउद्दीन अन्सारी विराटनगरबाट घुस सहित पक्राउ परेका छन् । मोरङको सुन्दर हरैचा नागरपालिकामा रहेको दिपज्योती सामुदायिक वन उपभोक्ता समितिसँग ३५ हजार घुस लिँदै गर्दा अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

लाटीझोडा साझेदारी वन समेत हेर्ने जिम्मेवारी पाएका अन्सारीले काठ दाउरा काट्न सहमती दिने नाममा उपभोक्ता समितिबाट रकम मागेका थिए । पटक पटक उपभोक्ता समितिलाई बिभिन्न नाममा रकम लिने गरेको गुनासो आउने गरेको आधारमा अख्तियारको टोलीले पिछा गर्दै उनलाई डिभिजन वन कार्यालयबाटै ३५ हजार सहित पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डिएसपी डिल्ली नारायण पाण्डेको नेतृत्वमा आएको टोलीलाले उनलाई कार्यालयबाट नगद सहित पक्राउ गरेको हो । सुन्दर हरैँचा नगरपालिका र केरावारी गाउँपालिका क्षेत्रमा पर्ने लाटीझोडा साझेदारी वनमा पछिल्लो समय रुख कटान ब्यापक हुँदै आएको छ । उनलाई पक्राउ पछि कानुनी प्रक्रिया पुरा गरी काठमाडौँ पठाईने तयारी भएको छ । अख्तियारका अनुसार आजै उनलाई काठमाडौ लगिने छ ।

डिभिजन वन कार्यालय विराटनगरका प्रमुख विशाल घिमिरेले कर्मचारीबाट गर्नै नहुने काम भएको बताएका छन् । पक्राउ परेका अन्सारीका सन्दर्भमा अख्तियारले कानुन अनुसार कार्वाही गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्