विदेशको सिप विराटनगरमा ब्यवसाय, सर्वाधिक चर्चामा “जेङ्स हाईवे फास्ट फुड” गाडीमा हाेटेल

विदेशको सिप विराटनगरमा ब्यवसाय, सर्वाधिक चर्चामा “जेङ्स हाईवे फास्ट फुड” गाडीमा हाेटेल

प्रेम देवान
विराटनगर, १६ चैत । वैदेशिक रोजगारीमा जानु सबैको आ– आफ्नै वाध्यता हुन्छ । विदेश गएर धेरैले पैसा कमाएर घर – परिवार सुुखसँग पाल्ने सपना बोकेका हुन्छन् । हो त्यही पात्र मध्ये एक हुन्, मोरङको सुन्दर हरैचा १ का ४२ बर्षिय जंगबहादुर विक ( जेङ्स) । उनी रोजगरीको सिसिलामा वैदेशिक रोजगारीको लागि कतार गएका थिए ।

पहिलो पटक सन् २००० मा कतार गएका थिए जंगवहादुर । उनले एक ईन्डियन रेष्टुरेन्टमा दुई बर्ष काम गरे । दुइ बर्षपछि पुनः स्वदेश फर्किए । उनी फेरी सन् २००२ मा दुवईको आवुधाबीमा काम गर्न गए । दुबइको क्याटरिङ कम्पनीमा वेटर हुँदै क्याटरिङ म्यानेजरसम्मको अनुभव उनले लिन भ्याए । करिब १६ बर्षसम्मको वैदेशिक रोजगारीको अनुभव बटुलेर जेङ्स अहिले स्वदेश फर्किसकेका छन् । उनी नेपाल एक्लै भने आएनन् । साथमा फिलिपिन्स महिलासँग विहे गरे अनी जीवन साथी पनि उतैबाट लिएर आए ।
अहिले उनै जीवन संगिनी फिलिपिनी ‘रोज ग्रानाडा’ सँग मिलेर ‘जेङ्स हाइवे फास्ट फुड’ संचालन गर्दै आएका छन् । यसैबाट उनले मासिक ३ देखि ४ लाखसम्म आम्दानी गर्ने गरेका छन् । एउटा सानो लगानीबाट ठूलो आम्दानी हुन सक्छ भनेर उनले थालेको यो व्यावसायले सबैलाई तानेको छ ।
हाल विराटनगरमा रहेको भाटभटेनी सुपर मार्केट अगाडी सडक किनारमा ‘जेङ्स हाइवे फास्ट फुड’ संचालन गरेका छन् । उनले थालेको व्यावसायले अन्य १२ जना वेरोजगार युवाले रोजगारी पाएका छन् ।
सबैभन्दा रोचक कुरा त के छ भने उनको ‘जेङ्स हाइवे फास्ट फुड’ रेष्टुरेन्टको बनावटी संरचनाले सबैको ध्यान तान्छ । उनको होटल एउटा गाडीभित्र छ । होटल चलाउन एउटा नयाँ गाडी साढे १२ लाखमा खरिद गरेको जेङ्सले बताए । गाडीलाई होटलको आकारमा भित्रै पकाउने डिजाईन बनाउन गाडी ग्यारेजमा दिएको उनले सुनाए । उनले भने अनुसारको गाडी २ महिना पछि तयार भयो । होटल चलाउनका लागि आबस्यक सबै सामान गरी कुल २५ लाखको लागतमा गाडी तयार भएको बताए ।
केही समय सुन्दर हरैचा बजारमा सडकको किनार मै बसेर व्यावसाय गरे । उनको मनमा अलिक ठूलो सहरमा गएर आफ्नै व्यावसाय गर्ने योजना बनाए । नभन्दै अहिले उनी विराटनगरमा आएर ब्यवसायिक रुपम होटल संचालन गर्दै आएका छन् ।
‘जेङ्स हाइवे फास्ट फुड’ ले छोटो समयमा नै लोकप्रियता कमाउन सफल भएको छ । उनले आम्दानी पनि राम्रो छ। यसको एउटै कारण हो, अन्य ठाँउभन्दा फरक प्रकृति र गुणस्तरीय खाजा र नास्ता । रेष्टुरेष्टमा बिदेशमा पाईने खानाका परिकारहरु सहजै पाईने प्रदेश नम्बर २ बाट आएका एमडी अम्जुल आलमले वताए ।
विराटनगर १३ आएकी पुनम श्रेष्ठले यहाँ आएपछि विदेशको जस्तो महसुस भएको भएको बताईन् । उनले भनिन्, सफा सुग्घर, अनि सस्तो पाईने भएका कारण मन परेको छ ।’
उनी यस्ता ब्यक्ति हुन जो विदेश गएर सिकेका कुरालाई स्वदेशमै राम्रो आम्दानी गर्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्