विराटनगरमा पहिलो पटक “सेयर इट डान्स क्याम्प ” भारतका प्रख्यात नृत्य प्रशिक्षक आउँदै

विराटनगरमा पहिलो पटक “सेयर इट डान्स क्याम्प ” भारतका प्रख्यात नृत्य प्रशिक्षक   आउँदै

प्रेम देवान
विराटनगर १५ चैत । विराटनगरमा पहिलो पटक भारतबाट नृत्य प्रशिक्षक ल्याएर ६ दिने “सेयर इट डान्स क्याम्प”को हुने भएको छ ।
लामो समयदेखि विराटनगरमा विभिन्न डान्स प्रतियोगिता तथा कार्यक्रमहरु आयोजना गर्दै आएको न्यूक्लीयर डान्स ग्याङ्गले ६ दिने नृत्य कार्यशाला गर्न लागेको हो । ६ दिन सम्म हुने डान्स क्याम्पमा पाँच भन्दा बढी विधामा डान्स सिकाईने छ । न्यूक्लीयर डान्स ग्याङ्ग तथा भाईरल डान्स स्टुडियोले विराटनगरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम बारे जानकारी दिएको हो ।
नृत्य प्रशिक्षणका लागि भारतको मुम्बईबाट विभिन्न डान्स रियालीटी सोहरुमा सहभागिता जनाईसकेका ब्यक्तिहरुले प्रशिक्षण दिनेछन् । मुम्वईबाट अजय अग्रवाल, अंकित डि.रोवो, चाउ ईन लाई, प्रिंयकी पटेल र अपुरभ सावन्त डान्स क्याम्पको लागि आउने न्यू क्लीयर डान्स ग्याङ्गका रेमो रायले जानकारी दिए । उनीहरुले हिपहप, एनिसमेसन पप्पिङ, कन्टेम्पोररी, भरत नाट्यम र क्रुम्प विद्याका नृत्यको प्रशिक्षण दिने आयोजकले जनाएको छ ।
डान्स क्याम्प विराटनगरको नमस्कार होटलमा आगामी चैत्र २५ देखि ३० गते सम्म हुनेछ । डान्स क्याम्प पस्चात पुनः न्यूक्लीयरले डान्स युद्ध गर्ने जनाएको छ । एकल डान्स युद्धमा प्रथम हुनेलाई ८ हजार नगद सहित ट्रफि प्रमाण पत्र प्राप्त गर्नेछन् ।
डान्स क्याम्पको अन्तिम दिन एकल डान्स व्याटल समेत हुने आयोजकले जनाएको छ । एकल डान्स व्याटलमा विजेता हुनेलाई नगद १५ हजार रुपैया पुरस्कार वितरण गरिने भाईरल डान्स स्टुडियोका मोहित जैनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्