विराटनगरमा पोखे यौनिक तथा लैङ्गिक अल्पसंख्यकका पिडा, कानुन बनाउन सरकारसँग माग

विराटनगरमा पोखे यौनिक तथा लैङ्गिक अल्पसंख्यकका पिडा, कानुन बनाउन सरकारसँग माग

विराटनगर, १५ चैत । मोरङमा रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले संविधानमा भएको प्राबधान अनुसार प्रदेश १ मा कानुन बनाउन माग गरेका छन् ।

मोरङमा रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले विराटरनगरमा पत्रकार सम्मेलन गरी मानव अधिकार तथा विवाह विषयमा संविधानमा भएको प्रावधान अनुसार समानता, समावेशिताको अवसर यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले पाउन सहज हुने गरी प्रदेश १ मा कानुन बनाउनु पर्ने माग गरेका हुन् ।
उनीहरुले महिला समलिंगी, पुरुष समलिंगीं र अन्तरलिंगी लगायतका विवाहमा समानता नहुँदा अपहेलना र अपमानित महसुस गर्नु परेकाले समानता महसुस हुने गरी कानुन बनाउन माग गरेका हुन् ।
प्रादेशिक सामुदायिक वकालतकर्ता सुमन थापाले संविधानमा गरिएको प्रावधान अनुसार कानुन निर्माण नभएकाले दिना दिन अपहेलित हुनु परेको बताए । उनले विवाह व्यक्ति बीच हुने भएकाले सबै प्रकारका विवाहलाई समान रुपमा लिनु पर्ने कानुन बनाउनु पर्ने माग गरे ।
परिवर्तनशिल समाजका कार्यक्रम संयोजक मुस्कान श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरु विवाह गरेपनि कानुनी अधार नभएकाले खुलेर समाजमा आउन नसेको बताए । मोरङमा १० हजार भन्दा बढी यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको संख्या रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्