कर्मचारीले नराम्रो काम गरे दण्डित गर्ने मन्त्री कुसियेतको चेतावनी

कर्मचारीले नराम्रो काम गरे दण्डित गर्ने मन्त्री कुसियेतको चेतावनी

विराटनगर, १६ चैत ।
प्रदेश एकका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुशियैतले मातहतका कर्मचारीले नराम्रो काम गरे दण्डित गर्ने चेतावनी दिएका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश एकले विराटनगरमा आयोजना गरेको दोस्रो चौमासिक प्रगति समीक्षा गोष्ठीमा बोल्दै यस्तो चेतावनी दिए । उनले बिनियोजित बजेट समयमा खर्च हुन नसके प्रदेशका सर्वसाधारण एक आर्थिक बर्षपछि पर्ने भएकाले बजेटको सदुपयोगतर्फ सचेत रहन कर्मचारीलाई निर्देशन दिए ।
मन्त्री कुशियैतले आर्थिक समृद्धिको नारा बोकेको सरकारलाई बन तथा वातावरण मन्त्रालयले समेत महत्वपूर्ण योगदान पु¥याउन सक्ने भएकाले त्यसतर्फ कर्मचारीहरुले ध्यान केन्द्रीत गर्नुपर्ने बताए । उनले राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्ने कर्मचारीलाई दण्डित गर्नेसमेत प्रष्ट पारे ।
मन्त्रालयका सचिव बद्रीराज ढुंगानाले दोस्रो चौमासिकको समिक्षा गर्ने बेला भएपनि प्रगति न्युन रहेको बताए । उनले ऐन,नियम र प्रक्रियालाई अ–आफ्नै ढंगले ब्याख्या गर्ने प्रबृतिका कारणसमेत कामले गति लिन नसकेको विचार ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्