मानसिक समस्याबाट ग्रसित मोरङका दुई महिलाको उद्दार

<span class='c1'>मानसिक समस्याबाट ग्रसित मोरङका</span> <span class='c2'>दुई  महिलाको उद्दार</span>

विराटनगर, १६ चैत ।
लामो समयदेखि मानसिक समस्याबाट ग्रसित मोरङका दुई जना महिलाहरुलाई विराट मानव सेवा समाजले उपचारका लागि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ ।

मोरङको कटहरी २ की बिना चौधरी र विराटनगर ९ की सरस्वती कार्कीलाई उपचारका लागि सो समाजले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको हो ।
२० बर्षीय चौधरीलाई परिवारले पैसा अभावका कारणले उपचार गर्न नसकी साङलोमा बाधेर घरमै राखेका थिए भने कार्कीलाई परिवारका सदस्यले उपचार गरेर स्वास्थ्यमा केही सुधार आएपनि फेरी समस्या आएकाले संस्थाले उपचार गर्न लगेको हो । सम्पूर्ण खर्च आफैले व्योहोर्ने संस्थाका अध्यक्ष लिना उपाध्यायले बताईन् ।
कार्की विराटनगरमै पत्रपत्रिका लिएर बेच्दै हिड्थिइन् भने चौधरीलाई घरमै बाधेर राखिएको थियो । विराट मानव सेवा समाजले सामाजिक मानसिक रुपमा विक्षिप्त र आर्थिक रुपमा विपन्नहरुलाई सहयोग गर्नुका साथै विभिन्न सामाजिक काम गर्दे आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्