न्यायिक समितिको क्षमता अभिबृद्धि गर्न विराटनगरमा कार्यशाला

<span class='c1'>न्यायिक समितिको क्षमता अभिबृद्धि</span> <span class='c2'>गर्न विराटनगरमा कार्यशाला</span>

विराटनगर, १६ चैत ।
स्थानिय पालिकामा रहने न्यायिक समितिको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले विराटनगरमा कार्यशाला गोष्ठी आयोजना गरिएको छ ।

गोष्ठीमा न्यायिक समितिका संयोजक, मनोनित सदस्य र उजुरी प्रशासक कर्मचारीको सहभागिता छ ।
जिल्ला समन्वय समिति मोरङको संयोजन, फाउण्डेशन टु प्रमोट ओपन सोसाईटीको सहयोग तथा महिला शान्ति, अनुसन्धान तथा विकास केन्द्रको आयोजनमा गोष्ठी आयोजना गरिएको हो । गोष्ठीमा मोरङको विराटनगर महानगरपालिका, रंगेलीनगरपालिका, सुनबर्षी, जहदा गांउपालिका, धनपालथान, ग्रामथान, बुढी गंगा र कटहरी गांउपालिकाका न्यायिक समितिको सहभागिता छ ।
२ दिनसम्म चल्ने कार्यशालामा जिल्ला अदालत मोरङका प्रमुख न्यायाधिश राजुकुमार खतिवडाले न्यायिक समितिको काम कर्तब्य र अधिकार, हालसम्मको अभ्यासमा देखिएको चुनौतीहरु तथा केश ब्यवस्थापन र फाईलिङका सम्बन्धमा प्रशिक्षण दिनुहुने जनाइएको छ ।
कार्यक्रममा मोरङका ८ वटा स्थानिय तहका ३२ जनाको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्