प्रदेश १ सरकार लोकसेवा कानुन बनाउने तयारीमा, प्रदेशले आफ्नै कर्मचारी भर्ना गर्ने

<span class='c1'>प्रदेश १ सरकार लोकसेवा कानुन बनाउने</span> <span class='c2'>तयारीमा, प्रदेशले आफ्नै कर्मचारी भर्ना गर्ने</span>

विराटनगर, १७ चैत ।
प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले असारसम्ममा लोकसेवा आयोगका आवश्यक कानून निर्माण गरी प्रदेशलाई चाहिने दक्ष कर्मचारी नियुक्त गरिने बताएका छन् ।

मन्त्री कार्कीले आवश्यक कर्मचारीको कमीले प्रदेशको विकास निर्माण कार्यमा गतिलिन नसकेको गुनासो गर्दैै प्रदेश लोकसेवा आयोग प्रमाणीकरण भैसकेका अवस्थामा अब कानुन निमार्ण गरी अघि बढ्ने बताए । लोकसेवा आयोग केन्द्रीय कार्यालयद्धारा विराटनगरमा आयोजित अप्राविधिक सेवातर्फका राजपत्र अनंकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहको पदको सक्षमता पहिचान कार्यशाला गोष्ठीमा बोल्दै तत्काल लोकसेवा सम्बन्धि कानुन ल्याईने बताएका हुन् ।
मन्त्री कार्कीले राज्यले कर्मचारीहरुलाई सेवासुविधा वृद्धि गरी उच्चतम प्रतिफल लिनु पर्ने पनि वताए । दक्ष र सक्षम कर्मचारी छनौटमा आवश्यक वैज्ञानिक विधि अपनाई उनीहरुको सहज जिवनयापनका लागि सुविधा वृद्धि गर्नुपर्नेमा उनको जोड छ ।
उनले प्रदेश सरकारले आवश्यक दक्ष जनशक्ति छनौट गर्नका लागि केही निश्चित स्थानमा लोकसेवा आयोगको सहयोगमा विद्यालयस्तरमा तयारी कक्षा संचालन गर्ने योजना बनाईरहेको पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्