विराटनगरमा स्थानीयको पहलमा सरसफाई अभियान, ‘हरेक साता एउटा बाटो’

<span class='c1'>विराटनगरमा स्थानीयको पहलमा सरसफाई अभियान,</span> <span class='c2'>‘हरेक साता एउटा बाटो’</span>

विराटनगर, १७ चैत ।
विराटनगर–१० मा ‘हरेक साता एउटा बाटो’ भन्ने नारासहित सरसफाई अभियान सुरु गरिएको छ ।

महानगरपालिकाको वडानम्बर १० कार्यालयको अगुवाईमा अभियान सुरु गरिएको हो । अभियान अन्र्तगत यूवा चोक,अरनिको मार्गदेखि बिनायक मार्गसम्मको ५ सय मिटर सडकक्षेत्रको सरसफाई गरिएको छ । सरसफाई अभियानमा स्थानिय घरधनिहरु कुचो लगायतका सफाई सामाग्रि लिएर सहभागि भएका थिए ।
गएको साताबाट शुरु गरिएको अभियानको पहिलो साता शान्ति मार्गको सरसफाई गरिएको थियो । अभियानको क्रममा पछिल्लो समय नयां योजना अन्र्तगत बनेका सडकहरुको सरसफाई गरिने विराटनगर १० का वडाध्यक्ष माधव वाग्लेले जानकारी दिए । उनले सचेतना फैल्याउने उद्धेश्यसहित संचालन गरिएको अभियानमा प्रत्येक साताको शनिवार समुदायको सहभागितामा वडाका विभिन्न सडकहरुको सरसफाई गरिने बताए ।
अभियानको तेश्रो साता तरुण मार्गको सरसफाई गर्ने कार्यक्रम रहेको उनले बताए । वडा कार्यालयको अभियानमा विराटनगर महानगरपालिकाको फोहोर संकलक साझेदार संस्था वेस्ट म्यानेजमेन्ट र पाईला परिवर्तनकालागि नामक संस्थाले समेत सहयोग गरेका छन ।
अभियान अन्तरगत शनिवार भएको कार्यक्रममा वडाध्यक्ष वाग्लेसहित मकालु टेलिभिनजका अध्यक्ष दिनेश सुवेदी तथा समाजका अगुवाहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्