लगानी सम्मेलन : १५ वटा परियोजनामा हस्ताक्षर

<span class='c1'>लगानी सम्मेलन : १५</span> <span class='c2'>वटा परियोजनामा हस्ताक्षर</span>

विराटनगर, १७ चैत ।
नेपाल लगानी सम्मेलनमा विभिन्न क्षेत्रका १५ वटा परियोजनाका लागि हस्ताक्षर भएको छ ।

राजधानीमा भएको लगानी सम्मेलनमा सरकारका तर्फबाट प्रस्तुत भएका ७७ वटा परियोजनामध्येबाट १५ वटा परियोजनाका लागि मात्रै एमओयुमा हस्ताक्षर भएको हो ।
पुर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा विभिन्न १५ आयोजनामा विदेशी लगानीकर्तासँग सम्झौता भएको हो ।
९ सय मेघावाट अरुण तेश्रो जललविद्युत् आयोजनाका लागि बैक अफ इण्डियाबाट ६ हजार ५ सय ६० करोड, एभरेष्ट बैकबाट ८ सय १२ दशमलब ६१ करोड, नबिल बैंकबाट ४ सय ८७ दशमलब ५८ करोड लगानी गर्ने गरि संयुक्त हस्ताक्षर भएको छ । त्यसैगरी माथिल्लो त्रिशुलि १ हाईड्रो पावर आयोजनाका लागि कोरियाली कम्पनीले लगानी गर्ने भएको छ ।
चिनको दुई कम्पनीले १ सय ६४ मेघावाटको कालीगण्डकी गोर्ज जलविद्युत आयोजनाका लागि लगानी गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सिमरालाई विशेष आर्थिक क्षेत्र बनाउनका लागि लगानी बोर्ड र इन्टरनेशसन फाईनान्स कर्पोरेसनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । त्यसैगरी सौर्य उर्जामा लगानी गर्ने गरी प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत र सिजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीबीच पनि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सिन्सियर कन्सल्टीङ कम्पनी लिमिटेड र हिमालय बुटिक भिलेज रिसोर्ट बनेपा बीच पनि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपालका औद्योगिक विकासका लागि एनआएनका तर्फबाट १० अर्बको सहयोग सम्झौतामा पनि उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह र एनआरएन एका अध्यक्ष भवन भट्टबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मुथुट फाईनान्स इण्डिया र युनाईडेट फाइनान्स लिमिटेडबीच लगानीका लागि सम्झौता भएको छ । एपी पावर कम्पनी लिमिटेड र कडेल ग्रुप अफ कम्पनीबीच, सोलार, जलविद्युत् र वीन्ड प्रोजेक्टका लागि सम्झौता भएको छ । संयुक्त लगानीका आयोजनाका लागि चौधरी ग्रुप र सरार्फ गु्रुपबीच सम्झौतापत्रका हस्ताक्षर भएको छ । ६ सय मेघावाट सौर्य उर्जाका लागि स्काई पावर र चौधरी ग्रुपबीच पनि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । त्यसैगरी चौधरी ग्रुप सिजी कोर्प ग्लोबल टर्कीको कम्पनी टर्क सेलबीच ५ जी मोबाईलका सम्झौता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्