पत्रकारसँग रिसाउँदै प्रधानमन्त्री ओलीले भने- के कुरामा धित नमरेको हो, बुझ्न सकिएन

<span class='c1'>पत्रकारसँग रिसाउँदै प्रधानमन्त्री ओलीले भने- के</span> <span class='c2'>कुरामा धित नमरेको हो, बुझ्न सकिएन</span>

विराटनगर, १७ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तराष्ट्रिय लगानी सम्मेलनबाट ऐतिहाँसिक उपलब्धी हाँसिल भएको बताएका छन् । सम्मेलन लगतै अबको केही दिन भित्रमा योजनाहरु बनाएर सरकार अगाडी बढ्ने बताएका हुन् ।

अहिलेको लगानी सम्मेलनलाई पनि कसैले, प्रतिबद्धता पुगेन, सहभागीता भएन भनेर कसैले भन्छ भने त्यो गाह्रो बिषय भएको उल्लेख गरे । विश्व बैंक, एसियाली विकास बैंक, भारत, चिन, क्यानडा, युरोप, अरब, मलेसिया ईण्डोनेसिया लगायतका थुप्रै देश बोलाएर गरिएको लगानी सम्मेलनलाई पनि प्रतिबद्धता पुगेन भनिन्छ भने त्यसमा आफु केही बोल्ने अबस्थामा नरहेको बताए । तर उनले लगानी सम्मेलन ऐतिहाँसिक पुर्ण रुपमा सफल भएको दाबी गरे ।
सरकार पहिलो बर्षलाई आधार बनाएर काम गरिरहेको स्मरण गर्दै आगामी बर्ष देखि विकासका कामले तिब्र गतिलिने प्रधानमन्त्री ओलीको दाबी छ । पहिलो १ बर्षलाई आधार बर्षलाई नै आधार मान्दापनि करिब ८ प्रतिशत आर्थिक वृद्धिदर पुग्ने उनको दाबी छ ।
पहिलो बर्षको २०७५ चैत मसान्तसम्मलाई संरचना, कानुन बनाउने, अप्ठेरोलाई सजिलो बनाउने बर्षको रुपमा लिईएको हो, प्रधानमन्त्री ओलीले भने ।
अब कार्यान्वयनको गती लिने स्पष्ट पार्दै नेपालले विकासले गति लियो भनेर भन्नलाई अप्ठेरो नमान्न ओलीले आग्रह गरे ।
‘नेपाल सकारात्मक गतीका साथ विकासको बाटोमा अगाडी बढेको भन्नका लागि कनि अप्ठेरो किन मानेका?, उनले प्रश्न गर्दै भने, ‘हामी देश विकासमा तिब्र गतिमा लागेका छौ, लगानी सम्मेलनलाई कुनै गलत तर्क वितर्क, तथ्य र बहसको खाँचो छैन ।’

विप्लव बारे सँधै गलत
विप्लव माओवादीलाई लगाईएको प्रतिबन्ध पछि अदालतले छाडेको बिषयमा प्रधानमन्त्री ओलीले दोष र प्रमाणको आधारमा छाडेको हुनसक्ने बताए । उनले सरकारले गरेका निर्णय पहिला अध्ययन गरेर मात्र आफुलाई प्रश्न सोध्न प्रधानमन्त्रीले आग्रह गरे ।
उनले भने, ‘विप्लव समुह कहीँ दर्ता भएको औपचारिक पार्टी हैन, सबै समुहहरु, गिरोहहरु पार्टी हुन्छन् भन्ने कुरा हैन, उनीहरु पार्टी हैनन् र राजनीति गतिबिधिमा थिएनन्, निर्वाचनमा समेत भाग नलिएकोले यो कुनै बैधानिक पार्टी हैन ।’
संचार माध्यामले द्धन्द चाहे
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली पत्रकार प्रति नकारात्मक देखिएका छन् । पत्रकारले विप्लव कार्यकर्तालाई आदालतले छाडेको भनि सोधिएको प्रश्न पछि उनी आक्रोशित भएका हुन् । अदालतका आफ्नै प्रक्रिया हुन्छ, कुनै ठाउँमा केही कुरा नपुगेको हुनसक्ने भन्दै प्रमाण, आधार र कारण नपुगेर छाडिनु स्वाभाविक भएको बताए ।
लगतै उनले पत्रकारले देशलाई सँधै द्धन्द मै फसाई राख्न खोजेको आरोप लगाए । ‘तपाई सञ्चार माध्यामको यही भुमिका हो, अदालत र सरकारको बिचमा झागडा लगाउन खोज्ने, प्रदेश सरकार र केन्द्र सरकारको बिचमा झगडा लगाउन खोज्ने, प्रधानमन्त्री ओलीले भने, तपाईहरुले रचनत्मक भुमिका खेल्नु पर्दैन ?’ पत्रकारलाई के कुराले धित नमरेको हो त्यो आफुले बुझ्न नसकेको बताए ।
अदालतले आफ्नो ढंगले काम गर्ने र सरकारले आफ्नो ढंगले काम गर्ने भएकोले अदालतले कुनै प्रमाण नपुग्दा छाड्नु कानूनी प्रक्रिया भित्रको कुरा भएको स्पष्ट पारे । ‘सरकार राजनीति, कानुन र संबिधान अनुसार काम गर्ने हो, उनले भने, तर थुन्ने र छाड्ने कुरामा कुनै फरक पर्न सक्ने भएकोले केही प्रमाण नमुग्दा छाड्नुलाई सामान्य लिनुपर्छ । ’
अदालत र सरकार एउटै नभएकोले कहिलेकाँही सरकारले गरेको निर्णय त बदर गर्ने भएकोले त स्वतन्त्र न्यायालय चाहिएको हो, प्रधानमन्त्री ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्