ओखलढुङ्गामा जिप दुर्घटना, ज्यान जानेको संख्या ७ पुग्यो (नामसहित)

<span class='c1'>ओखलढुङ्गामा जिप दुर्घटना, ज्यान जानेको</span> <span class='c2'>संख्या ७ पुग्यो (नामसहित)</span>

विराटनगर, १७ चैत ।
ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ हिलेपानीको डडुवाडाँडामा आइतबार भएको स्कार्पियो जिप दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका काठमाडौं बौद्धका ५४ वर्षीय डुसांगे शेर्पाको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएसँगै ज्यान गुमाउनेहरुको संख्या ७ पुगेको हो ।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा ताप्लेजुङको फक्तालुङ गाउँपालिका ७ का ५५ वर्षीय मिङ्मा शेर्पा, सोही स्थानका ४५ वर्षीय साङ्गेल शेर्पा, काठमाडौं बौद्धका ३५ वर्षीय नुर्बु शेर्पा, ३० वर्षीय ङ्वाङ शेर्पा, ३२ वर्षीय नुमा शेर्पा र डोमा शेर्पाको घटनास्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
जिप दुर्घटनामा गम्भिर घाईते भएका आठ वर्षीय बालक ओँकेला शेर्पा र गाडी चालक कृष्ण श्रेष्ठलाई थप उपचारका लागी काठमाडौस्थित ग्राण्डी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था समेत गम्भिर छ ।
सोलुखुम्बुको जुनबेशी ठुलो गुम्बा भ्रमण गरेर काठमाडौंतर्फ फर्कँदै गरेको बा १६ च २२०७ नम्बरको स्कारपियो जिप सडकबाट करिब ३ सय मिटर तल खस्दा ७ जनाको ज्यान गएको हो । दुर्घटनामा परि ज्यान गएकाहरुको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम ओखलढुङ्गा लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्