विराटनगरमा ‘पुर्वाअञ्चल लिटिल स्टार ब्युुटी प्याजेन्ट २०१९’ हुँदै, विजेतालाई ५१ हजार पुरस्कार

<span class='c1'>विराटनगरमा ‘पुर्वाअञ्चल लिटिल स्टार ब्युुटी प्याजेन्ट</span> <span class='c2'>२०१९’ हुँदै, विजेतालाई ५१ हजार पुरस्कार</span>

विराटनगर, १७ चैत । विराटनगरमा 'पूर्वाअञ्चल लिटिल स्टार सौन्दर्य प्रतियोगिता २०१९' हुने भएको छ । साईमन फिल्म ईन्टरटेनमेन्ट मुम्वईको प्रस्तुति तथा भाईरल हुड डान्स स्टुडियोको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

७ बर्षदेखि माथि १४ बर्षसम्मका साना नानीहरुमा लुकेर रहेका प्रतिभाको खोजी गर्ने उदेश्यले लिटिर स्टार ब्यूटी प्याजेन्ट गराउन लागिएको हो । आगामी चैत २२ गते पहिलो अडिसन हुने साईमन फिल्म ईन्टरटेनमेन्ट मुम्वईका अध्यक्ष साईमन राजवंशीले जानकारी दिए ।
विद्यालय स्तरमा अध्ययनरत स–साना बालबालिकाहरुको विद्यालय विदाको समयमा उनीहरुको समयको सदुपयोग गर्दै लिटिल स्टार व्यूटि प्याजेन्ट गर्ने तयारी भएको राजवंशीले बताए । अडिसनबाट छनौट भएका प्रतिस्पर्धीलाई १५ दिनसम्म ३ घन्टा विभिन्न व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धी सम्बन्धी तालिम प्रदान गरिने आयोजकले जनाएको छ ।

१५ दिनसम्म तालिम पश्चात सर्बोत्कृष्ट एक जना विजेतालाई नगद ५१ हजार पुरस्कार प्रदान गरिने आयोजक भाईरल हुड  डान्स  स्टुडियो का साहिल खानले जानकारी दिए । प्रतियोगितमामा सहभागी हुने विद्यार्थीकालागि रङ्गेली रोडमा रहेको प्रभु बैंक उत्तर गल्ली स्थित भाईरल डान्स स्टुडियोमा चैत्र २२ गते शुक्रबार अडिसन हुनेछ । “पूर्वाअञ्चल लिटिल स्टार सौन्र्दय प्रतियोगिता २०१९” अनलाईन मिडिया पार्टनर आवर विराटनगर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्