महिलाको हत्या आरोपमा श्रीमानसहित चार जना पक्राउ

<span class='c1'>महिलाको हत्या आरोपमा श्रीमानसहित</span> <span class='c2'>चार जना पक्राउ</span>

 रौतहट, १७ चैत। रौतहटको गढीमाई नगरपालिकाको हरैया टोलकी २८ बर्षीया महिलाको हत्याको आरोपमा श्रीमानसहित चार जना पक्राउ परेका छन् ।

गढीमाई नगरपालिका १ समनपुर हरैया टोलकी सुनीताकुमारी ठाकुरको शव जलाइरहेका बेला श्रीमान सरमोद ठाकुर, काका रामेश्वर, नन्दहरु निभाकुमारी र सीमाकुमारी पक्राउ परेका रौतहटका प्रहरी प्रवक्ता डीएसपी नवीन कार्कीले जानकारी दिए ।

एम्बुलेन्समा वीरगञ्जतर्फ लैजाँदा बाटोमै मृत्यु भएको भनेर राति नै शव जलाउन लागेको भन्दै माइतीपक्षले प्रहरीलाई खबर गरेको थियो । इलाका प्रहरी कार्यालय गरुडा र समनपुरबाट खटिएको प्रहरीले शव जलाइरहेको स्थानबाट चार जनालाई नियन्त्रणमा लिएको डिएसपी कार्कीले बताए ।

सुनीताको शव जलाइसकेको भए पनि केही अवशेषहरु प्रहरीले फेला पारेको छ । डीएसपी कार्कीले घटना शंकास्पद देखिएको हुँदा श्रीमान र परिवारका सदस्यलाई नियन्त्रणमा लिई अनुसन्धान सुुरु गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्