भीषण हावाहुरी अपडेट: बारामा मात्रै २७ जनाको मृत्यु, घाईतेले अस्पताल भरिए

<span class='c1'>भीषण हावाहुरी  अपडेट:  बारामा मात्रै</span> <span class='c2'>२७ जनाको मृत्यु,  घाईतेले अस्पताल भरिए</span>

बारा, १८ चैत ।  आइतबार साँझको भीषण हावाहुरीका कारण बारामा मात्रै २७ जनाको ज्यान गएको छ । चारसयभन्दा धेरै घाइते भएका छन् । घाइतेको वीरगञ्ज र कलैयाका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । अस्पताल घाइतेले भरिएका छन् ।

राति भएका कारण उद्दारको काम प्रभावकारी हुन नसकेको र आज विहानै देखि  उद्दारको काम तीव्र रुपमा भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । हावाहुरीपछि विद्युत्त अवरुद्ध भएकाले राति उद्दारको काम प्रभावकारी हुन नसकेको हो ।

हावाहुरीले घर भत्किँदा, बिजुलीको पोल ढाल्दा र केही ठाउँमा गाडी समेत पल्टिँदा धनजनको ठूलो क्षति हुन पुगेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्