सुनसरी, १८ चैत । सुनसरीको श्रीलंका टप्पुमा जग्गा कारोबारीहरूले एकैपटक २ सय ३० बिघा ऐलानी कब्जा गरेका छन् ।
उनीहरूले पूर्व–पश्चिम कोसी बग्ने नदीउकास जमिन चलखेल गरी कब्जा गरेका हुन् । सुनसरीको बराह क्षेत्र नगरपालिकामा पर्ने उक्त जग्गा उनीहरूले चैत १३ देखि १६ सम्म ट्र्याक्टरहरू लगाएर जोतेका छन् ।
स्थानीयले अवरोध गर्दा उनीहरूले बेलकाबाट केही प्रहरी ल्याएर सर्वसाधारणलाई धम्क्याएका थिए । नदीउकास ऐलानी जग्गा जोत्नेले सरकारबाटै स्वीकृति लिएर कृषि फार्म स्थापना गर्ने र स्थानीयलाई रोजगारी दिने योजना रहेको दाबी गरेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।