बारा र पर्सामा विनाशकारी हावाहुरी : कम्तीमा ३४ जनाको मृत्यु

<span class='c1'>बारा र पर्सामा विनाशकारी हावाहुरी</span> <span class='c2'>: कम्तीमा ३४ जनाको मृत्यु</span>

काठमाडौं, चैत १८ गते ।

आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीबाट सोमबार बिहानसम्ममा कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।  मर्नेहरुमा महिला १३, पुरुष १०, बालक एक, बालिका दुई, उपचारको क्रममा निधन एक गरी २७ जनाको निधन भएको जानकारी घटनास्थलमा खटिएको नेपाली सेनाबाट प्राप्त भएको छ । अन्यको विस्तृत विवरण आउन बाँकी छ ।

यसैबीच, सोमबार बिहान प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतक परिवारलाई जनही तीन लाख रुपियाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

dipak gautam bir
यसैगरी, घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले नै व्योहर्ने जानकारी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले दिनुभयो । प्रदेश सरकारले पीडितको गाँसबासका लागि तत्काल व्यवस्था गर्ने र पछि पुनर्वासको व्यवस्था गर्ने घोषणा पनि गरेको छ ।

सोमबार बिहान ८ बजेसम्ममा घाइतेको संख्या बढेर ४७० पुगेको छ । मर्नेहरुको संख्या भने गए राती १२ बजे नै २७ पुगेको थियो । घाइतेहरुको विभिन्न अस्पतालमा उपचारका लागि आउने र जाने क्रम जारी छ । उद्धारका लागि नेपाली सेनाको एउटा हेलिकोप्टर सिमरा विमानस्थलमा तैनाथ राखिएको छ भने पालहरु उपलब्ध गराउन पहल भइरहेको छ ।
बारा जिल्लाको कलैया नगरपालिका वडा नं. १८ को भरवरिया गाउँका २३५ घरमध्ये जम्मा ५ घरको मात्रै घरको छाना बाँकी रहेको छ । भुस र टाली (खपडा) घरका सबै छाना उठाएको छ भने पक्का पाँच घरको छाना मात्रै बाँकी रहेको छ ।
प्राप्त पछिल्लो जानकारी अनुसार मर्नेहरुमा महागढी माइ नगरपालिका वडा नं. ७ का ६५ वर्षीय कोइली देवी, सोर्नागाउँपालिका वडा नं. ८ को हर्दिया परशुराम टोलका ३५ वर्षीया तरिफ खान र एक ३० वर्षका अवदेश पासवान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्