डाईभर्ट भएर बिराटनगर अवतरण भएका ७ वटा जहाज रुटमा फर्किए

<span class='c1'>डाईभर्ट भएर बिराटनगर अवतरण भएका</span> <span class='c2'>७ वटा जहाज रुटमा फर्किए</span>

विराटनगर, १८ चैत ।
आईतवार राती विराटनगर आएका ७ वटा जहाजहरु ९ बजेसम्म आफ्नै रुटमा फर्किएका छन् । काठमाडौँमा मौसमको खराबीले गर्दा ल्याण्ड हुन नसकेका जहाजहरु बिराटनगर विमानस्थलमा आकस्मिक अवतरण गराईएका थिए ।

विराटनगरबाट काठमाडौँका लागि उठेको जहाज काठमाडौँमा अवतरण गर्न नसेपछि विराटनगर नै फर्काईएको थियो । बुद्ध एयरको उडान नम्बर ७०६, ७०८ काठमाडौँमा अवतरण गर्न नसकेर बिराटनगर आएका थिए भने उडान नम्बर ७१२ को उड्नै लागेको जहाजलाई रोकिएको थियो ।
त्यस्तै जनकपुरबाट काठमाडौँ गएको जहाज पनि साँझ नै काठमाडौँबाट विराटनगर फर्काईएको थियो । काठमाडौँ पुगेको भद्रपुरको जहाजलाई फेरी भद्रपुर फर्काईएको थियो । नागरिक उड्ययन प्राधिकरणका प्रमुख टेकनाथ सिटौलाका अनुसार, बुद्ध एयरलाईन्सको ४, यति एयरलाईन्सको २ वटा र श्री एयसलाईन्सको एउटा जहाज विराटनगर विमानस्थलमा राती अवतरण गरिएकोमा आज बिहान ९ बजे आफ्नो रुटमा गएका हुन् ।
आईतवार साँझ अबेरसम्म बिराटनगर विमानस्थलका बिभिन्न आन्तरिक उडानहरु आकस्मिक रुपमा अवतरण गरिएको थियो । विराटनगर विमानस्थलमा अवतरण भएका जहाजको लागि पार्किङ ब्यवस्थापन हुन नसक्दा एउटा जहाज भद्रपुर पठाईएको थियो ।
जनकपुरबाट डाईभर्ट भएर आएको बिमानका यात्रुलाई बिराटनगका होटल एसियाटिक, स्टर्नस्टार र होटल स्वागतममा राखिएको बुद्ध एयरका स्टेशन म्यानेजर कौशल भण्डारीले जानकारी दिए ।
हिजोको समस्याका कारण आज विराटनगर विमानस्थलमा जहाजको चाप बढेको छ । बुद्ध एयरले १० वटा उडान भर्ने छ भने यतिको ५ र श्री एयरको २ वटा उडान हुने नागरिक उड्ययन प्राधिकरण विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्