विराटनगर १३ की मृगौला पीडित पार्वतीद्वारा सहयोगको याचना

<span class='c1'>विराटनगर १३ की मृगौला</span> <span class='c2'>पीडित पार्वतीद्वारा सहयोगको याचना</span>

विराटनगर, १८ चैत । विराटनगरकी २५ वर्षिय मृगौला पीडित पार्वती पाख्रिन तामाङले सहयोगको लागि याचना गरेकी छिन् ।

विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि उपचारको लागि सहयोको याचना गरेकी हुन् । आर्थिक अवस्था दयनीय रहेको पाख्रिनको थप उपचारका लागि रकम अभाव भएपछि जीवन बचाउन सहयोगको अपिल गरिन् । उनको गत मंसिरदेखि मृगौलामा समस्या देखिएको बताउदै उनले आफ्नो जीवन रक्षाको लागि पहल गरिदिन आग्रह गरिन् ।
आर्थिक रुपमा अति नै विपन्न पार्वतीको परिवार अर्काको घरमा गएर भाँडा माझेर जीवन चलाउँदै आएको छ। उनकी वृद्ध आमाले अर्काको घरमा भाँडा माझेर कमाएको पैसाले उनीहरुलाई खान मात्र पुग्ने भएकोले थप उपचारको लागि सहयोग गरिदिन आग्रह गरेकी हुन् ।
मासिक २० देखि २५ हजार औषधिमा खर्च लाग्ने भन्दै अहिले सहयोगी मनलाई आफ्नो जीवन बचाई दिन पीडित पार्वतीले अनुरोध गरिन् । उनको कोशी अञ्चल अस्पतालमा डायलाइसिस सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्