ईटहरी, १८ चैत । नेटवर्किङ व्यवसायीमा संलग्न ६ जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।
सामूहिक उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । इटहरी–५ मा करिब ६ महिनादेखि भाडामा लिएर सञ्चालन गर्दै नेटवर्किङ्ग व्यवसायबाट ठगिमा परेका १५ जनाले दिएकाे उजुरीका आधारमा उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
बिभिन्न स्थानमा होस्टल खोली नेटवर्किंगको प्रशिक्षण दिने तथा प्रलोभन देखाउने काम गरेको प्रारभिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले बताए ।
प्रक्राउ पर्नेमा सर्लाही लालबन्दीका शम्भुबहादुर भुजेल, सुर्खेत जिल्लाका प्रकाश राउत, सुखेत जिल्लाकै महेश शर्मा लगायत ६ जना प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।