चाेरी नियन्त्रणमा प्रहरी सक्रियता : विराटनगरबाट पाँच वटा मोटरसाईकल सहित ५ जना पक्राउ

<span class='c1'>चाेरी नियन्त्रणमा प्रहरी सक्रियता : विराटनगरबाट पाँच</span> <span class='c2'>वटा मोटरसाईकल सहित  ५ जना पक्राउ</span>

विराटनगर, १८ चैत ।
पछिल्लो समय विराटनगरमा मोटरसाईकल चोरी हुने क्रम बढेको थियो । एक बर्ष भित्र ३ जना पत्रकारले आफ्नो मोटरसाईकल चोरले चोरेर बेपत्ता पर्यो । रातीको समय कार्यालयमा कामको सिलामा गएको अबस्थामा तथा पार्किङमा राखिएको अबस्थामा उनीहरुको मोटरसाईकल चोरी भएका थिए । तर यसरी चोरी हुने मोटरसाईकल कहाँ जन्छ भन्ने बारेमा प्रहरी नै अनभिज्ञ थियो । अनुसन्धनको क्रममा प्रहरीले एकै पटक ५ जनालाई पक्राउ गर्न सफल भएको छ ।
पक्राउ पर्नेमा सिरहाको विजयकुमार यादव, सुनसरीको मनोजकुमार चौधरी, विराटनगर कै अनुज यादव र सोनेलाल महतो, सिरहाको सुनिल यादव रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले विजयको घरको कम्पाउण्डभित्र लुकाईरहेको अवस्थामा स ५ प ३३३९ नं को रातो कालो रङको मोटरसाईकल समेत बरामद गरेको छ । त्यस्तै घरको पछाडी कम्पाउण्ड भित्र नम्बरप्लेट नभएको अवस्थामा लुकाएर राखिएको रातो कालो रंगको पल्सर मोटरसाईकल समेत गरी दुई वटा मोटरसाईकल प्रहरीले पक्राउ गरेको हो । सिरहा जिल्ला लहान नगरपालिका ६ घर भई हाल बिराटनगर ४ सप्तकोशी मार्गमा एक घरमा डेरा गररी बस्दै आएका बिजय मोटरसाईकल चोरीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

सोही स्थानबाट मोटरसाईकलको रङ परिवर्तन गर्न प्रयोग गरिने स्प्रेहरू, बिभिन्न साईजका रेन्च, मोटरसाईकलका पार्टपुर्जा, मोटरसाईकलको नंम्बर प्लेट लगाएत सामाग्रीहरू समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले जानकारी दिए ।
उनले दिएको जानकारीका आधारमा मोटरसाईकल चोरीमा संलग्न बर्जु ५, अमाहीवेलाहा चोक घर भई हाल बिराटनगर ५ बरगाँछी चोकमा बस्ने मनोज कुमार चौधरीलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । बिराटनगर महानगरपालिका १२ कोशी प्रोजेक्टबाट स १० प ३५०१ नम्बरको रातो कालो मोटरसाईकल चलाईरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनले चलाएको सो नम्बरको मोटरसाईकलको वास्तविक नंम्बर को ३५ प ९७६३ रहेको अनुसन्धानवाट खुलेको एसपी केसीले बताए ।
त्यस्तै, बिजयसंगै बरामद भएको स ५ प ३३३९ नं को मो.सा को बास्तविक नम्बर को २५ प ५२५१ रहेको अनुसन्धानको क्रममा खुल्न आएको छ । सो मोटरसाईकल २०७५ फागुन १८ गते राती बिराटनगर ४ नोवल अस्पतालको मोटरसाईकल पार्किङबाट चोरी भएको भनी खोजतलास गर्नको बिराटनगर ४, ईक्राईका सुसान्त यादवले प्रहरीमा निबेदन दिएका थिए ।
त्यस्तै पक्राउ परेका मध्य विजय कुमार यादव बिराटनगरमा एमविविएस अध्ययरत बिद्यार्थी भएको पनि प्रहरीले जनाएको छ। मनोज कुमार चौधरी एक मिडिया हाउसका फोटो तथा भिडियो पत्रकार हुन् ।
त्यस्तै को २८ प ७९७४ नम्बरको मोटरसाईकल खोजतलास गर्ने क्रममा प्रहरी टोलीले बिराटनगर १४ जतुवावाट अनुज यादव र सोनेलाल महत्तोले चलाईरहेको अवस्थामा पक्राउ गरेको छ । पक्राउ परेको मोटरसाईकल बिराटनगर ४ ईक्राई बस्ने विरेन्द्र यादवको घरबाट चैत गते हराएको पनि प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले चैत ९ गते विराटनगर महानगरपालिका ५ चाँदनीचोकबाट को ३७ प ३१२० नम्बरको मोटरसाईकल सहित सिरहा नगरपालिका २२ का सुनिल यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका ब्यक्तिको सन्दर्भमा मुलुकी फौजदारी अपराध (संहिता) २०७४ को चोरी कसुर अन्तर्गत सम्मानित जिल्ला अदालतबाट म्याद थप गरी कार्वाही प्रक्रिया अगाडी बढेको एसपी केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्