राष्ट्रपति र प्रधानमन्त्रीका तस्बिरलाई अमर्यादित ढङ्गले सामाजिक सञ्जालमा पोस्ट गर्ने २ जना पक्राउ

<span class='c1'>राष्ट्रपति र प्रधानमन्त्रीका तस्बिरलाई अमर्यादित ढङ्गले सामाजिक</span> <span class='c2'>सञ्जालमा पोस्ट गर्ने २ जना पक्राउ</span>

काठमाण्डौ, १९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अत्यन्त अमर्यादित, अशोभनीय देखिने गरी तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने दुई जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले राष्ट्रप्रमुख र सरकार प्रमुखको मानमर्दन गर्ने पोस्ट गर्ने पाल्पाको राम्दीका २२ वर्षीय निर्मल गैरे र रुपन्देहीका २३ वर्षीय यमप्रसाद पन्थीलाई पक्राउ गरेको हो । गैरेलाई भक्तपुर र पन्थीलाई चितवनबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिहरुलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको ब्यूरोले जनाएको छ ।

आरोप प्रमाणित भएमा कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार ५ वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिबाना वा दुवै हुन सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्