दैलेख केन्द्रबिन्दु भएर भूकम्पकाे धक्का, मेघ गर्जनसहित हावाहुरी पनि चलेपछि स्थानीय त्रसित

<span class='c1'>दैलेख केन्द्रबिन्दु भएर भूकम्पकाे धक्का, मेघ गर्जनसहित</span> <span class='c2'>हावाहुरी पनि चलेपछि स्थानीय  त्रसित</span>

दैलेख, १९ चैत । सोमबार राति दैलेख केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति ८ बजेर ४७ मिनेटमा दैलेखको भवानी केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ ।

सोमबार साँझ भूकम्प गएको समयमा नै मेघ गर्जनसहित हावाहुरी पनि चलेकाले जनजीवन त्रसित बनेको थियो । राति साढे ८ बजेतिर सुरु भएको हावाहुरी करिब आधा घण्टा चलेको थियो । हावाहुरीसँगै परेको चट्टयाङ लागेर महाबु गाउँपालिका –४ का वडासदस्य नरेन्द्र शाही घाइते भएका छन् ।

हावाहुरीले विद्यालयको छाना उडाएको खबर आए पनि मानवीय क्षति नभएको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्