कटहरीको अनौपचारिक वाल शिक्षालयलाई १६ थान डेक्सबेन्च हस्तान्तरण

<span class='c1'>कटहरीको अनौपचारिक वाल शिक्षालयलाई </span> <span class='c2'>१६ थान डेक्सबेन्च हस्तान्तरण</span>

विराटनगर, १९ चैत ।
उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले कटहरी २ स्थित नेपाल ट्रेड युनियन कांग्रेसद्धारा संचालित अनौपचारिक वाल शिक्षालय व्यवस्थापक समितिलाई १६ थान डेक्स, वेन्च हस्तान्तरण गरेको छ । डेक्स, वेन्च हस्तान्तरण गर्दै उद्योग संगठन मोरङका अध्यक्ष्ँ भीम घिमिरेले संगठनले सामाजिक उत्तरदायित्व अन्तररगत शिक्षित समाज निर्माणमा सहयोग पु¥याउने उद्देश्यले सिमान्तकृत वर्गका वालवालिका लक्षित डेक्स बेन्च उपलब्ध गराएको बताए । उसंगठनले उपलब्ध गराएको डेक्स वेन्चले शिक्षालयमा अध्ययनरत वालवालिकालाई पठन पाठनमा सहजता हुनेमा विस्वास ब्यक्त गरे ।

मोरङ व्यापार संघका अध्यक्ष पवन शारडाले संगठन र संघको संयूक्त सहयोगले वालवालिकालाई शिक्षाको माध्यमबाट उज्वल भविष्य निर्माणमा सहयोग पुग्ने आशा व्यक्त गरे । उनले गाँस, वास र कपासमा सबैको अधिकार भए जस्तै शिक्षामा पनि सबैको पहुँच हुनु पर्ने वताउदै दुवै संस्थाले अनौपचारिक विद्यालयलाई प्रदान गरेको डेक्स वेन्चले अध्ययनरत वालवालिकालाई सहज अध्ययनमा टेवा पुग्ने बताए ।

नेपाल ट्रेड युनियन मोरंगका जिल्ला अध्यक्ष सुशिल कोईरालाले संगठन र संघकले आफ्नो वर्गिय दायित्व भन्दा माथि उठेर गरेको सहयोग प्रति आभार व्यक्त गरे ।
कटहरी २ मा संचालित अनौपचारिक वाल शिक्षालय प्रति सिफ्ट ४ घण्टा गरी २ सिप्mटमा संचालन भईरहेको छ भने उक्त शिक्षालयमा ५० जना सिमान्तकृत परिवारका वालवालिका अध्ययन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्