काठमाडौं चैत्र १९ ।
नेपाल दूरसञ्चार प्राधिकरणले प्रदेश नम्बर २ को बारा र पर्सामा एक्कासी आएको हावाहुरीका कारण प्रभावितको उद्धारमा वाधा पर्ने गरी टेलिफोनमा लामो कुरा नगरिदिन आग्रह गरेको छ ।
दूरसञ्चार प्राधिकरणले जारी गरेको अत्यन्त जरुरी सूचनामा भनिएको छ, “उक्त प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा अवरुद्ध भई उद्धार कार्यमा वाधा परेको भए आम नागरिक र सरोकारवाला सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुन तथा अत्यावश्यक कार्यमा छोटो छरितो कुराकानी गरी नेटवर्क व्यस्त नगरी आकस्मिक सञ्चारको प्रयोगमा सहयोग गरिदिनु हुन समेत अनुरोध गर्दछौं ।”