भिनाजुसँग ‘लभ’ परेपछि गोली हानेर पतिको हत्या !

<span class='c1'>भिनाजुसँग ‘लभ’ परेपछि गोली</span> <span class='c2'>हानेर पतिको हत्या !</span>

बुटवल, १९ चैत ।   मानिस ‘लभ’ सम्बन्धमा अन्धो भयो भने जे पनि गर्न पछि पर्दैन भन्ने कुरा बुटवलमा भएको एउटा हत्या घटनाले पुष्टि गरेको छ । चैत १३ गते साँझ ८ बजेतिर बुटवल उपमहानगरपालिका–१ गढीटोलमा भारतीय नागरिक फिरोज खानको हत्या भयो । प्रहरीले हत्या गर्ने व्यक्तिलाई खोजी कार्य तीब्र बनायो ।   भिजानुसँग मिलेर पतिको हत्या गर्न लगाएको पर्दाफास भएको छ ।

केही समयदेखि भारतको बिहार प्रदेशको बेतिया पश्चिम घर भएका कादिर अन्सारीसँग ‘लभ’ सम्बन्ध राख्दै आएकी साइनले उनीसँग मिलेर पतिको हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए । फिरोज विगत १५ वर्षदेखि बुटवल मैनावगरस्थित ज्योति मोटर वर्कशप एण्ड इन्जिनियरिङमा काम गर्दै आएका थिए ।

‘कादिर (भिनाजु) सँग साइना लामो समयदेखि हप्ता–हप्तामा बुटवल आएर विभिन्न ठाउँमा बस्दै, भेटघाट गर्दै गरेका देखिन्छ,’ थापाले भने, ‘उनीहरू २ जनाको अन्धो लभ र साली भिनाजुको सम्बन्धले पतिको हत्या गरिएको देखियो ।’

अन्सारी नवलपरासीको त्रिवेणी हुँदै बुटवल आएर आफैंले गोली चलाएको प्रहरीले बताएको छ । हत्या गरेपछि अन्सारी त्रिवेणी हुँदै भारततर्फ भागेको देखिन्छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले साइनालाई भोलिपल्ट नै पक्राउ नगरेको भए उनी पनि भाग्ने योजना बनाएको बताए । साइन अहिले प्रहरीको हिरासतमा छन् ।

४३ वर्षीया फिरोजले कहिल्यै पनि मोबाइल फोन प्रयोग गर्ने गरेका थिएनन् । वर्कशपबाट काम सकेर कोठातर्फ आउँदै गर्दा डेरानजिकै खानलाई कादिरले गोली प्रहार गरेको पत्ता लागेको छ । गोली प्रहारबाट गम्भीर घाइते खानलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याउँदा पत्नी साइन आएकी थिइनन् ।  मृतककी पत्नी साइना र अन्सारीबीचको निरन्तर फोन सम्पर्कबाट पटक–पटक भेट हुने गरेको देखिन्छ । उनका ९ र १० वर्षीया छोराहरू रेहान र ऐशन आफन्तको सहयोगमा भारत घर गइसकेका छन् ।

मल्लले भने, ‘हामीले अनुसन्धान गर्दा पत्नी साइनामा कुनै पीडा बोध देखिएको थिएन । उनले हत्या हुँदा कोठाभित्र थिए भनेर बयान दिइन् । तर छोराहरूले पटका पड्किएजस्तै आवाज आएपछि मम्मी कोठामा आउनुभएको हो भने । यसले दुवै जनाले योजनाबद्ध रुपमा हत्या गरेको देखिन्छ ।’ अन्सारी भारतमा पनि विभिन्न अपराधमा संलग्न भएको देखिन्छ ।

चैत १ गते बुटवल–१ मा लमजुङको मध्य नेपाल नगरपालिका–२ का हरिबहादुर पाण्डेको हत्या गरेको अवस्थामा शव फेला पर्यो । शव चिन्न सक्ने अवस्था पनि थिएन । प्रहरीले अनुसन्धान गर्दै जाँदा विभिन्न ९ वटा फरक–फरक नाम भन्दै हिँड्ने बलबहादुर सुनारले हत्या गरेको पत्ता लगाइ उसलाई पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका–३० घर भएको सुनारलाई रुपन्देहीबाट खटिएको प्रहरीलीले पोखराबाट पक्राउ गरेको हो । पाण्डेको साथमा रहेको ३ लाख ८८ हजार रूपैयाँ नगर लुटेर उसलाई हत्या गरे फालेको प्रहरीले बताएको छ ।

सुनारले बुटवल हत्या गरी पोखरा पुगेर लुटेको पैसाले सुनको बेरुवा औठी, सुनको लकेट, १ थान सिक्री, रातो पत्थर भएको सुनको लकेट किनिसकेको प्रहरीले जनाएको छ । सुनारले किनेका गहना पनि प्रहरीले समातेको छ । पाण्डे बुटवल केही बिजनेस गर्ने उद्देश्यले रुपन्देही आएको प्रहरीले बताएको छ ।

उपरीक्षक थापाले भने, ‘पाण्डे र सुनार अपराध गरेको जेलमा सँगै बसेको रहेछन् । छुटेपछि पनि उनीहरूको भेट भएछ । पाण्डेको पैसाको लोभमा उनलाई ढुंगाले हानेर मारेको देखिन्छ ।’

देवदहका अनिस पुरीको हत्यामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । १२ जनामध्ये ४ जना नाबालक छन् ।

पक्राउ पर्नेमा देवदहका ९ का २१ वर्षीया अर्जुन सारु, आकाश थापा सारु, पाल्पा मदनपोखरा घर भइ देवदह–९ बस्ने १८ वर्षीया ताराबहादुर बराल, देवदह–९ कै २० वर्षीया विश्वास गुरूङ, देवदह–१० का शिशिर राना र मनोज क्षेत्रीलाई पक्राउ गरी मुद्दा चलाएको मल्लले जानकारी दिए । उनीहरूले देवदहमा चलेको मेलामा पाकिङको विवादले ढुंगा, लाठी र भालाले पुरीलाई हत्या गरेको अनुसन्धानबाट प्रहरीले पुष्टि गरेको छ ।

जुत्तामा लागूऔषध लुकाएर ल्याउने स्याङजा जिल्ला गल्याङ नगरपालिका–८ का १९ वर्षीया सुवास रोक्का मगरलाई २ एमएलको नुफिन ४४ फेनरागन, ४३ सेरिज्याक र ४३ एम्पुल्ससहित पक्राउ गरेको छ । रोक्कालाई बुटवल–९ बसपार्कबाट प्रहरीले पक्राउ गरेको हो ।

काभ्रे बालुवापटी देउपरका सञ्जयकुमार घर्तीलाई पनि लागुऔषध समित बुटवलबाट पक्राउ गरेको छ । भरतपुर चितवन–१७ बस्ने ३२ वर्षीया विजय लामालाई पनि भैरहवाबाट लागूऔषधसहित पक्राउ गरेको छ । प्रकाश आचार्य/लाेकान्तार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्