यस्तो पनि : आफ्नै बहिनीका शव बोराभित्र लिएर हिँडेका दिदीभाई पक्राउ

यस्तो पनि : आफ्नै बहिनीका शव बोराभित्र लिएर हिँडेका दिदीभाई पक्राउ

आफ्नै बहिनीका शव बोराभित्र लिएर हिँडेका दिदीभाईलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट मंगलबार बिहान बोरामा राखिएको शवसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको मोतीहारी घर भई भरतपुर–२ क्षेत्रपुर बस्ने ४० वर्षीया रम्बादेवी साह र उनका भाइ २६ वर्षीय विगन साह रहेका छन् । उनीहरुले १७ वर्षीया बहिनी परीकुमारी साहलाई अन्त्येष्टिका लागि नारायणी नदी किनारमा लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीको अनुसार सलको पासो लगाई आत्महत्या गरेपछि अन्त्येष्टिका लागि बहिनीलाई नदीतर्फ लैजाँदै गरेको पक्राउ परेकाले बयान दिएका छन् । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्