विराटनगरबाट हिसानकाे हावाहुरी प्रभावित परिवारलाई १ लाख नगद सहयोग

विराटनगरबाट हिसानकाे  हावाहुरी प्रभावित परिवारलाई १ लाख नगद सहयोग

विराटनगर, १९ चैत ।
प्रदेश २ को बारा र पर्सा जिल्लामा भएको विनासकारी हुरी बतासबाट घरबार विहीनहरुको लागि हिसान मोरङले एक लाख नगद सहयोग गरेका छन् । आईतबार साँझ आएको हावाहुरीले ३० जना भन्दा बढीको ज्यान गएको थियो भने ५ सय भन्दा बढी मानिस घाईते भएका थिए ।

हावा हुरी प्रभावित परिवारलाई हिसान मोरङले नगद १ लाख रुपैया आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट हावाहुरी प्रभावित क्षेत्रमा राहत रकम पठाएको हो । हिसान मोरङले मंगलबार आन्तिरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीको हातबाट नगद रकम हावाहुरी प्रभावित क्षेत्रमा पठाईएको हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले बताए ।
रकम हस्तान्तण कार्यक्रममा हिसान केन्द्रिय उपाध्यक्ष भेषराज पोखरेल, केन्द्रिय सदस्य शंकर भट्राई, सहल्लाकार ज्ञान बहादुर खड्का, जिल्ला उपाध्यक्ष राजेश कार्की, सचिव ईशान राई र निलम अधिकारीको उपस्थितीमा नगद हस्तान्तरण गरिएको हो ।

हावाहुरीले कलैया उपमहानगरपालिका सहित महागढीमाई र पचरौता नगरपालिका तथा प्रसौनी, फेटा, सुवर्ण र परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको थियो । हाल घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकल कलेज, कलैया अस्पताल, तराई अस्पताल, एड्भान्स अस्पताल, गण्डकी अस्पताल र वीरगञ्ज हेल्थ केयर युनिट र काठमाण्डौ त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा थप उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्