बिराटनगरमा एक बुबाले आफ्नो सन्तानको पहिलो जन्मदिन बृद्धआश्रममा मनाए ….

<span class='c1'>बिराटनगरमा एक बुबाले आफ्नो सन्तानको</span> <span class='c2'>पहिलो जन्मदिन बृद्धआश्रममा मनाए ….</span>

बिराटनगर चैत्र १९ ,

हरेक आमाबुबालाई आफ्नो सन्तानको पहिलो जन्मदिन धुमधामका साथ मनाउने रहर हुन्छ। पार्टी प्यालेस वा होटेल नै बुक गरेर पनि मनाएको देखिन्छ तर बिराटनगरका एक युवाले आफ्नो सन्तानको पहिलो जन्मदिन बिराटनगरको बिराटेश्वर बृद्धआश्रममा बृद्धहरुलाई मिठो खान ख्वाएर मनाएका छन् ।

बिराटनगरका भुवन नेपाल र मनिता नेपालले छोरा आहान नेपालको पहिलो जन्मदिनमा आश्रमका ५० जना आमा बुबालाई भोजन ,फलफूल र मिठाइ वितरण गरेका छन् । यस्तै उनले छोरालाई आशीर्वाद स्वरूप प्राप्त ५ हजार २५ रुपैया पनि आश्रमको भवन निर्माणमा सहयोग गरेका थिए ।

साथै उनले छोराको नाममा हरेक बर्ष रु ५ हजार ५ रुपैया उक्त बृद्धआश्रममा सहयोग गर्ने वाचा समेत गरेका छन् । सामाजिक काम गरेर पनि बिशेष दिनलाई मनाउन सकिन्छ भन्ने संदेश दिन उक्त काम गरेको प्राध्यापक समेत रहेका नेपालले आवर बिराटनगरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्