विराटनगरका मेयर पराजुली राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त

<span class='c1'>विराटनगरका मेयर पराजुली राष्ट्रिय</span> <span class='c2'>विकास परिषदको सदस्यमा नियुक्त</span>

विराटनगर, १९ चैत ।
नेपाल सरकारको राष्ट्रिय विकास परिषदको सदस्यमा विराटनगर महानगरका मेयर भीम पराजुली नियुक्त भएका छन् ।

नेपाल सरकार , मन्त्री परिषदको मिति २०७५ चैत्र ११ गतेको निर्णय अनुसार पराजुली परिषदको सदस्यमा नियुक्त भएका हुन् । राष्ट्रिय योजना आयोगका सदस्य सचिव लक्ष्मण अर्यालद्धारा हस्ताक्षर भएको पत्र पराजुलीले मंगलबार बुझेका छन् ।
नेपाल राष्ट्रिय विकास परिषद नेपाल सरकारको विकास योजनाको लागि एउटा महत्वपूर्ण अंग हो ।

आगामी आर्थिक वर्ष २०७६–७७ देखि कार्यान्वयनमा ल्याउने गरी आयोगबाट तयार गरिएको पन्ध्रौं पञ्चबर्षिय योजना २०७५–७६ देखि २०८०–८१ को राष्ट्रिय विकास परिषदमा छलफल गरी मार्ग तथा पृष्ठपोषण प्राप्तगर्न नेपाल सरकार, मन्त्री परिषदको निर्णयले पराजुलीलाई राष्ट्रिय विकास परिषद २०७५ को सदस्यमा नियुक्त गरिएको  मेयरका प्रेस सँयाेजक काैशल निराैलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्