दलालमार्फत इराक हिँडेका पाँच युवतीको उद्धार

<span class='c1'>दलालमार्फत इराक हिँडेका पाँच</span> <span class='c2'>युवतीको  उद्धार</span>

चितवन. २० चैत ।  दलालमार्फत इराक हिँडेका पाँच युवतीको चितवनबाट उद्धार गरिएको छ।

नेपालगञ्ज, दिल्ली र इराकमा रहेका दलालसँग फोन सम्पर्ककै भरमा इराक जाने उद्देश्यले दिल्ली जाँदै गरेका सिन्धुपाल्चोकका चार र नुवाकोटकी एक युवतीको चितवनबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दुर्गाराज रेग्मीले जानकारी दिए।

रेग्मीका अनुसार उनीहरु नेपालगञ्जको बाटो हुँदै दिल्ली जाने तयारीमा थिए। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

सोमबार उनीहरुलाई मुग्लिनबाट उद्धार गरिएको डिएसपी रेग्मीले बताए।

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ५ की २० वर्षीया काजल तामाङ, सोही ठाउँकी २० वर्षीया मिग्मार नमु तामाङ, २० वर्षीया सीता तामाङ, भोटेकोशी ८ की २९ वर्षीया निमा तामाङ र नुवाकोटको किस्पाङ गाउँपालिका ३ काउलेकी २० वर्षीया फुर्वा तामाङको उद्धार भएको हो।

उनीहरुलाई दिल्ली पुर्याउने जिम्मा लिएका नेपाली दलाल फुर्वा तामाङ फरार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्