कम गुणस्तर कामकाे उदाहरण : सामान्य वर्षामै भत्कियाे विराटनगर-बथनाहा रेल्वे लिककाे नाला

<span class='c1'>कम गुणस्तर कामकाे उदाहरण : सामान्य</span> <span class='c2'>वर्षामै भत्कियाे विराटनगर-बथनाहा रेल्वे लिककाे नाला</span>

विराटनगर, २० चैत । विराटनगरमा निर्माणधिन रेल्वे परियोजनाको नाला सामान्य हावा पानीका कारण भत्किएको छ । भारतको बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म जोड्ने निर्माधीन रेल्वे परियोजनामा निर्माण नसकिँदै भित्किएकाे हाे ।

निर्माणधिन रेल्वे परियोजनाको लिकमा भारत बथनाहादेखि बिराटनगर कस्टम यार्डसम्म रेलको इञ्जिन परीक्षण गरिएको थियो । नेपाल तर्फ इञ्जिन परीक्षण गरिएको क्षेत्रमा करिब एक सय ८० मिटर ढल नाला भासिएको छ । रेल्वे परियोजनाको निर्माण भारतीय कम्पनी इरकोणले गरिरहेको छ । इरकोणबाट पेटी ठेकेदारले पनि काम पाएका छन् ।

निर्माणधीन रेल्वे परियोजना भारत बनथाहादेखि विराटनगर हुँदै कटहरी गाउँपालिका –२ सम्म १८.१ किलोमिटर लम्बाई छ । सो मध्ये ८ किलोमिटर क्षेत्रमा काम अन्तिम चरणमा पुगेको छ । नेपालतर्फ आउने रेल्वे परियोजनाका लागि भारत सरकारले ४ अर्ब ४८ करोड बजेट खर्च गरेको छ । रेलमार्ग निर्माणका लागि इरकोण इन्टरनेशनल लिमिटेड फार्बिसगञ्जले ठेक्का पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्