माेरङका सुवासलाई जिउँदैमा मृत घाेषणा गरिएपछि‍‍..

<span class='c1'>माेरङका सुवासलाई जिउँदैमा</span> <span class='c2'>मृत घाेषणा गरिएपछि‍‍..</span>

काठमाडौँ, २० चैत ।  मोरङ जिल्लाका सुवास तामाङ जीवितै छन् तर उनको राहदानीमा करिब चार वर्षपहिले नै मृतक भनी छाप लागेको छ, त्यति मात्र होइन, गाउँपालिकामा मृत्यु दर्ता भई उनको तामाङ संस्कारअनुसार काजक्रियासमेत भइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।

झट्ट सुन्दा नाटकजस्तो लागे पनि सुवास र उनको परिवारले भोगेको यो घटना वास्तविक हो । जीवित सुवास र उनकी श्रीमती सन्तोषी तामाङ अहिले जिउँदो प्रमाणित गर्न स्थानीय तहदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसम्म हारगुहार गरिरहेका छन् ।

साउदी अरबको किङ अजिज अब्दुल अस्पतालले हुन्डाई कम्पनीका काम गर्ने सुवाससहित चार जना दुर्घटनाको भोलिपल्ट मृत्यु भएको घोषणा गर्यो ।
कसरी घटना उल्टोपाल्टो भयो ? 
मोरङका सुवास र बागलुङका तेजेन्द्र भण्डारी साउदी अरबमा काम गर्थे  । सुवास साउदीको हुन्डाई कम्पनीमा काम गर्ने भने तेजेन्द्र ट्याक्सी चलाउथे ।  महिनाभरीको कमाई पठाउन बैङ्क जाने क्रममा दुई जनाको भेट भयो । घरमा पैसा पठाउन बैङ्क गएर फर्किंदा तेजेन्द्रले चलाएको ट्याक्सीमा सुवाससहित हुन्डाई कम्पनीका चार जना नेपाली युवा दुर्घटनामा परे ।  चालक तेजेन्द्र पनि त्यस दुर्घटनामा पर ।  साउदीकोे जेद्धामा रहेको किङ अजिज अब्दुल अस्पतालले दुर्घटनाको भोलिपल्ट हुन्डाई कम्पनीका काम गर्ने चारको मृत्यु भएको घोषणा ग¥यो । अस्पतालले चालक तेजेन्द्रको भने उपचार भइरहेका खबर दियो । सुवासको परिवार शोकमा डुबेको बेला बागलुङमा तेजेन्द्रकी आमा उपचार गराइरहेका छोराको होस खुलोस भनेर भगवान् पुकार्दै थिईन्   । उल्टोपाल्टो पहिले नै भइसकेको थियो । साउदीमा उपचार गरिरहेका घाइतेको अनुहारको पट्टी तीन महिनापछि खोलियो तर पट्टीभित्र अनुहार तेजेन्द्र नभएर बाकसमा लास ल्याएर काजक्रिया गरिसकेका सुवासको थियो । म¥यो भनेर किरिया गरिएको मानिस जीवित भेटियो । उपचारपछि छोरा निको भएको खबर सुन्न आतुर तेजेन्द्रकी आमाले छोरालाई अरू कसैले दागबत्ती दिएको खबर सुन्नुप¥यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्