बिराटनगर चैत्र २० ,
बिराटनगरमा बालबालिकाको लागि कार्निभल आयोजना हुन लागेको छ । किड्लसको आयोजनामा बिराटनगरको होटेल नमस्कारमा चैत्र २३ गते शनिबार उक्त कार्यक्रम हुन लागेको हो ।
कार्यक्रम शनिबार दिउसो १२ बजेदेखि साँझ ७ बजेसम्म आयोजना हुने आयोजकले जनाएको छ । उक्त कार्निभलमा बिभिन्न बालबालिका मैत्री स्टलहरु रहने साथै मनोरञ्जनका बिभिन्न खेल , खाना , फेस पेन्टिङ , फोटो सेसन साथै बिभिन्न कार्यक्रम रहने छन् । बालबालिकालाई मनोरन्जन दिन उक्त कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।
कार्यक्रममा बिराटनगरका बिभिन्न स्कुलहरुको स्टल समेत रहनेछ ।
