राष्ट्रिय विकास परिषद् बैठक आजदेखि आयोजना सुरु हुदै

राष्ट्रिय विकास परिषद् बैठक आजदेखि आयोजना सुरु हुदै

काठमाडौँ, चैत २० गते ।

आगामी पञ्चवर्षीय योजना निर्माणमा जुटेको राष्ट्रिय योजना आयोगले बुधबार र बिहीबारका लागि राष्ट्रिय विकास परिषद् बैठक आयोजना गर्दैछ । बैठकमा समृद्ध नेपाल र सुखी नेपालीको मूल लक्षसहित दीर्घकालीन सोचको १५ औँ योजनाको आधारपत्रलाई अन्तिम रूप दिइने आयोगले जनाएको छ ।
दीर्घकालीन सोचसहितको पन्ध्रौँ योजना (आव २०७६/७७– २०८०/८१) को आधारपत्रबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहेको परिषद्को बैठक बस्न लागेको हो ।

राष्ट्रिय परिषद् बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले सङ्घीय संरचनाअनुरूप ल्याइन लागेको पहिलो आवधिक योजना निर्माणका लागि सङ्घ, प्रदेश, तथा स्थानीय निकायलगायत सरोकारवालाबीच विभिन्न स्तरमा छलफल भइसकेको जानकारी दिनुभयो । आयोगका प्रवक्ता डा. किरण रूपाखेतीका अनुसार बैठकमा परिषद् पदाधिकारीसहित ३५० जना सहभागी हुने जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री ओली, मन्त्रिपरिषद् सदस्य, प्रतिपक्षी दलका नेता, प्रदेश मुख्यमन्त्री संसदीय समितिका सदस्यलगायतको सहभागिता रहने जनाइएको छ ।

अयोगले प्रस्ताव गर्ने आधारपत्रको प्रस्तावमाथि बैठकले दिएका सुझाव समेटर अन्तिम रूप दिइने जनाएको छ । सो आधारपत्र मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि पारित हुनेछ ।
आयोगले पन्ध्रौँ योजना अवधिमै सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य हुँदै अल्पविकसित अवस्थाबाट विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष लिएको छ ।
योजनामा १० राष्ट्रिय लक्ष्य, २२ गन्तव्य र १२ समृद्धि सूचक निर्धारण गरिएको छ । आयोगले सो योजनामा २५ वर्षसम्मका लागि विकासको अवधारणासमेत समेटेको छ । आयोगले वैशाखको पहिलो साता आधारपत्र सार्वजिनक गर्ने तयारी गरेको
जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्