विराटनगर-रंगेली-उर्लावारी सडक, रंगेलीकाे मुख्य बजारको सडक विस्तार हुने

विराटनगर-रंगेली-उर्लावारी सडक, रंगेलीकाे मुख्य बजारको  सडक विस्तार हुने

विराटनगर, २० चैत। मोरङको पुरानो सदरमुकाम रंगेलीस्थित मुख्य बजारको हुलाकी राजमार्गको सडक विस्तार हुने भएको छ । विस्तारसँगै उक्त सडक चार लेनको बन्ने भएको हो । हुलाकी राजमार्ग निर्देशनालयले सडक विस्तारका लागि रंगेली नगरपालिकालाई सडक सीमाभित्र रहेका संरचनाहरु हटाउन पत्रचार गरेसँगै साघुरो अवस्थामा रहेको रंगेली बजार भत्किने भएको हो ।

डिभिजन सडक कार्यालय विराटनगरले गत वर्ष नै रंगेली नगरपालिकालाई सडक ऐन बमोजिम सडक सीमा निर्धारण गरी विराटनगर-रंगेली-उर्लावारी क्षेत्रलाई सहायक मार्गको रुपमा १५-१५ मिटर र ६-६ मिटर सेड व्याक निर्धारण सडक क्षेत्र तोकी सकेको छ । रंगेली नगरपालिका मेयर दिलिप वगडियाले चैत १७ गते हुलाकी राजर्माग निर्देशनालय काठमाडौंबाट शहरी सडक मापदण्ड अनुसार सडक सीमा खाली गराउन पत्रचार गरेको बताए । उनले भने- हुलाकी राजमार्गको पत्र प्राप्त भएसँगै मंगलवार कार्यपालिकाको बैठक बसेर बुधवार रंगेली बजार क्षेत्रका सरोकारवाला, स्थानीय, बुद्धिजिवी, राजनीतिक दल, जनप्रतिनिधि र पत्रकार सहितको सर्वदलीय बैठक राखेर शहरी सडक मापदण्ढ बमोजिम सडक खालि गराउने विषयमा छलफल गरिएको छ ।

छलफलमा सहभागिले सडक विस्तारमा सबै सकारात्मक भएपनि अधिग्रहण गर्दा समानजस्यता अपनाउन आग्रह गरेका छन् । हुलाकी राजमार्ग निर्देशनालयले पहिलो चरणमा करीब ४ दशमलव ९ किलोमिटर रंगेलीको मुख्य बजारलाई शहरी मापदण्ड अनुसार विस्तार गर्नेछ । जसअनुसार रंगेली कोल्ड स्टोरदेखि मधुवनी पूर्वसम्मको क्षेत्रमा चारलेनको सडक, ढल, फुुटपाथ सहितको संरचना बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्