क्यानडा पठाउने भन्दै मोरङ-सुनसरीका ३० भन्दा बढी युवा ठगीमा, करोड बढी असुलेर दलाल फरार

क्यानडा पठाउने भन्दै मोरङ-सुनसरीका ३० भन्दा बढी युवा ठगीमा, करोड बढी असुलेर दलाल फरार

विराटनगर, २० चैत । क्यानडा जानको लागि तयार रहेका सुनसरी मोरङका ३० जना भन्दा बढी युवा दलालको ठगीमा परेका छन् । ठगीमा परेको भन्दै ३० जना भन्दा बढीले श्रम कार्यालय बिराटनगरमा उजुरी दर्ता गराएपछि ठगिको रहस्य बाहिर आएको हो । श्रम कार्यालय बिराटनगरमा उजुरी दर्ता गरिएको लामो समय भएपनि ठगी गर्ने ब्यक्ति भने अझै फरार रहेको युवाहरुको भनाई छ ।

ठगीमा संलग्न मुख्य एजेण्टको रुपमा निरञ्जन पुरी, गणेशप्रसाद गिरी, दीपेन्द्रकुमार झालाई आरोप लगाएका छन् । यी ३ जनाले ३० जना भन्दा बढी युवालाई ठगी गरेको आरोप लागेको हो ।
यसरी क्यानडा लैजाने भन्दै ठगी परेका ३० भन्दा बढीसँग डेढ करोड रुपैयाँ भन्दा बढी रकम लिएका पीडितहरुको भनाई छ । दलालबाट ठगिएपछि सुनसरीका ६ जना र मोरङका ७ जनाले श्रम कार्यालय विराटनगरमा छुट्टाछुट्टै उजुरी गरेका छन् ।
यी ब्यक्तिका यस्ता पिडा
सुनसरी रामधुनी नगरपालिकाका ६ का युवाबाट ३७ लाख उठाएर दलाल फरार भएका छन् । ठगिनेहरुमा धर्मेन्द्र चौधरी, योगनारायण चौधरी, सुरज चौधरी, लिलेन्द्र चौधरी, कृष्णकुमार चौधरी र सन्तोष चौधरी छन् । नक्कली भिसा र टिकट देखाएर दलालले रकम लिएको उनीहरुको भनाई छ ।
त्यस्तै मोरङका पाँच जनाबाट सात लाखका दरले ३५ लाख र कृष्ण चौधरीसँग २ लाख रुपैयाँ उठाएर भागेको उनीहरुले दिएको उजुरीमा उल्लेख गरिएको छ । असारमा नै पठाउने भन्दै रकम असुली गरेर दलाल भागेको चौधरीले बताए । रामधुनीका ६ जना युवाबाट राजन राजवंशी, किशोरकुमार ठाकुर, विनोदकुमार ठाकुरले रकम उठाएका हुन् । उनीहरु पनि फरार रहेका छन् ।
त्यही समूहले मोरङका सात जना युवाबाट प्रतिव्यक्ति ५ लाख रुपैयाँको दरले ३५ लाख लिएको श्रम कार्यालयमा उजुरी परेको छ । आफूहरु ठगिएको भन्दै मोरङ सुनवर्षी नगरपालिका ९ का हंसराज राजवंशी, कसम्राज राजवंशी, पंकज राजवंशी, अजय देवगत राजवंशी, प्रेमलाल राजवंशी, सुवासकुमार मण्डल र रंगेली नगरपालिका ५ का सुवासकुमार मण्डलले गत पुसमा श्रम कार्यालयमा निवेदन दिएका थिए । तर उनीहरुको पनि अहिलेसम्म निबेदनको सुनुवाई हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्