६२ औै सहकारी दिवस : रंगेलीमा प्रदेश प्रमुखले भने ‘सहकारी गरिबको जीवन जिउने आधार बनेकाे छ’

६२ औै सहकारी दिवस :  रंगेलीमा प्रदेश प्रमुखले भने ‘सहकारी गरिबको जीवन जिउने आधार बनेकाे छ’

रबिन्द्र बराल ।
रंगेली, वुधबार, २० चैत ।
दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराका साथ बुधबार रंगेली मा ६२ औ सहकारी दिवस सम्पन्न भएको छ । मोरङ जिल्लाभरी छरिएर रहेका एक हजार १ हजार १ सय सहकारीकर्मीहरुको उपस्थितीमा दिवस सम्पन्न भएको हो ।
उक्त कार्यक्रम को प्रमुुख अतिथि प्रदेश न १ का प्रदेश प्रमुुख प्राध्यापक डाक्टर गोविन्द वहादुर तुुम्वाहाङ, प्रदेशका सामाजिक विकास मन्त्री जिवन घिमिरे, प्रतिनिधि सभा सांसद डाक्टर मिनेन्द्र रिजाल, शिव कुमार मण्डल, प्रदेश सांसद लिलावल्लभ अधिकारी , रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया लगायतले सहकारीकारीको महत्वको बारेमा धारणा राखेका थिए । समा परिवर्तनका आधार सहकारी भएकोले सहकारीले नै समृद्धि ल्याउन सक्ने बताए ।
प्रदेश प्रमुख तुम्बाहाङले सहकारी गाउँ घरमा रहेका गरिव परिवारकालागि सहुलियत दरमा ऋण लिएर ब्यवसाय गर्ने सहज माध्याम भएको बताए । सहकारीले बैदेशिक रोजगारीमा जाने दरलाई समेत कमी ल्याउने काम गरेकोले सहकारी सबैको जीवन जिउने आधार भएको बताए
कार्यक्रममा सहभागी हुन आयो सहकारीहरुले आफ्नो मौलिकता झल्काउने झाँकी प्रस्तुत गरेका थिए । उत्कृष्ट झाँकी मध्ये नारी सङकल्प वचत तथा ऋण सहकारी संस्था उर्लाबारी प्रथम, सहकारी सञ्जाल ग्रामथान दोश्रो र जागरुक वचत तथा सहकारी संस्था बिराटनगर तेश्रो भएको छ । प्रथम, द्धितिय र तृतिय हुने सहकारीहरुले क्रमश ५ हजार, ३ हजार र २ हजार प्राप्त गरे ।
सहरकारी दिवसकै अवसरमा जिल्ला सहकारी संघका सल्लाहकार ताराबहादुर काफ्ले र चन्द्रप्रसाद काफ्लेलाई पुरस्कृत गरिएको छ । सहकारीको विकास र समृद्धिमा सकारात्मक कलाम चलाएको भन्दै आवर बिराटनगरका रंगेली संवाददाता तथा एभिन्युज टिभीका मोरङ संवाददाता रबिन्द्र बराललाई पुरस्कृत गरिएको छ । उनलाई नगकद ५ हजार १ सय रुपैयाँ सहित कदर पत्रले पुरस्कृत गरिएको हो ।
व्यवस्थापन उपसमितिका संयोजक कमलेश्वर ठाकुरको स्वागतमा भएको कार्यक्रम डिल्ली पोख्रेलको सभापतित्व सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्