अण्डर १६ क्रिकेट खेलाडीको विराटनगरमा विदाई, पहिलाे खेल प्रदेश २ सँग खेल्ने

अण्डर १६ क्रिकेट खेलाडीको विराटनगरमा विदाई, पहिलाे खेल प्रदेश २ सँग खेल्ने

विराटनगर, २० चैत ।
काठमाण्डौमा जारी अन्डर सिक्सटिन क्रिकेट प्रतियोगितामा सहभागि हुने प्रदेश एकका खेलाडीहरुलाई बिदाइ गरिएको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश १ ले विराटनगरमा एक कार्यक्रमको आयोजनागर्दै प्रतियोगितामा सहभागी हुने १४ खेलाडी सहितको टिमलाई बिदाई गरेको हो ।
विराटनगरको शहिद रंगशालामा आयोजित कार्यक्रममा एकेडमी सहित क्षेत्रीय र मोरङ खेलकुद विकास समितिका पदाधिकारीहरुले खेलाडीहरुलाई बिदाइ गरेका हुन । मदन भण्डारी स्पोर्टस एकेडमी प्रदेश एकका अध्यक्ष सागर थापा,क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रबिन नगरकोटी, मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष किशोर अमात्य र राष्ट्रिय खेलकुद परिषदका पुर्व बोर्ड सदस्य किरण गिरी लगायतले प्रतियोगितामा सहभागी हुने खेलाडीलाई फुलमाला लगाइदिएर बिदाई गरेका हुन् ।
प्रदेश एकबाट गएको टोलीमा टोली प्रशिक्षक राजेश पोखरेल सहित अनुज रेग्मी र सुभाष सिग्देल छन । यस्तै टीममा कप्तानका रुपमा दिपेश कंडेल र खेलाडीहरु साकिब अन्सारी,सन्जीव कार्की, रुपेश बराल, बिपिन महतो,समिर तिम्सिना, निशान्त महतो,अंकित श्रेष्ठ,अभिषेक बराल, अमुल खडिवडा, सुमन सुन्दास, भवेश मगर,अमित रोय र श्रवण किस्कु छन ।
चैत १९ बाट २५ गतेसम्म काठमाण्डौमा संचालन हुने प्रतियोगितामा सातै प्रदेशका अन्डर सिक्सटिन टिमको सहभागिता हुने छ । प्रतियोगिताबाट छनौट भएका उत्कृष्ट खेलाडीलाई समेटेर अन्डर सिक्सटीन राष्ट्रिय टीम निर्माण हुने जनाइएको छ ।
मदन भण्डारी स्पोर्टस एकेडमीको ब्यवस्थापनमा यूवा तथा खेलकुद मन्त्रालयले प्रतियोगिताको आयोजना गरेको हो । प्रदेश एकले बिहीबार बिहान ८ बजे किर्तिपुर खेल मैदानमा प्रदेश २ संग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्