कांग्रेस सभापति देउवा विशेष महाधिवेशन फेस गर्न तयार, विशेष महाधिबेशन पार्टीले नबाेलाउने

कांग्रेस सभापति देउवा विशेष महाधिवेशन फेस गर्न तयार, विशेष महाधिबेशन पार्टीले नबाेलाउने

विराटनगर, २१ चैत ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरुले माग गरेको बिशेष महाधिवेशन फेस गर्न तयार रहेको बताएका छन् ।

पार्टीले विशेष महाधिबेशन आब्हान नगर्ने तर उनीहरुले बोलाए फेस गर्न तयार रहेको देउवाले बताएका हुन् । विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले भने, विशेष महाधिबेशन फेस गर्न तयार छु, पार्टीले बोलाउँदैन, उनीहरुले बोलाउँछन् भने बोलाउन्, फेस गर्न तयार छौ ।’ तर पार्टीले भने विशेष महाधिबेशन नबोलाउने दाबी गरेका छन् । पार्टी एक जुट गराएर अगाडी बढ्ने क्रममा रहेकोले केही जिल्ला सभापतिहरुको चलखेलले कुनै फरक नपर्ने देउवाले बताए ।
सभापति देउवाले संबैधानिक क्षेत्रको ब्यक्ति नियुक्तिको बारेमा सरकारले कांग्रेससँग सहकार्य नै नगरेको आरोप लगाए । सरकारले एकलौटी निर्णय गरेकोले प्रतिपक्षी दलको हैसियतले पनि सरकारले गरेका गलत निर्णयका बिरुद्ध आन्दोलन गर्ने तयारीमा रहेको बताए ।

न्याय परिषदको नियुक्तिमा मौन समर्थन
कांग्रेस सभापति देउवाले न्याय परिषदको नियुक्तिमा मौन समर्थन गरेका छन् । न्याय परिषदले गरेको सिफारिस र निर्णयलाई आफुले सही या गलत भन्ने पक्षमा नरहेको बताए ।
‘न्याय परिषदले गर्ने निर्णय राजनीति भन्दा बाहिर हुनु पर्छ’, उनले भने, ‘तर परिषदले गरेको निर्णय या गलत भनेर टिप्पणी गर्न जरुरी छैन ।’ देउवाले न्यायपरिषदलाई राजनीति हस्तक्षपबाट मुक्त राख्न पर्ने भन्दै कोही नियुक्ति भएका छन् भने अब तिनिहरुले राजनीति गर्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्