कर्मचारी समायोजन सकस : डाक्टरले आजबाट देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने

<span class='c1'>कर्मचारी समायोजन सकस :  डाक्टरले आजबाट</span> <span class='c2'>देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने</span>

काठमाडौं, २२ चैत ।  कर्मचारी समायोजनका विषयमा असहमति जनाउँदै सरकारी डाक्टरले आजबाट देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन्। डाक्टरले आन्दोलन गर्ने निर्णय सार्वजनिक गरेको २४ घण्टा नबित्दै सरकारले पनि अत्यावश्यक सेवामा हड्ताल गर्न रोक लगाउने विषयमा निर्णय भएको सार्वजनिक गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिबद्धता र सरकारले गरेको सहमतिविपरीत कर्मचारी समायोजनको सूची प्रकाशित भएपछि सरकारी चिकित्सक संघ (गोदान)ले आजबाट सेवा बहिस्कार गर्ने भएको हो। गोदानले बुधबार डाकेको आकस्मिक बैठकले समायोजनको विरोध गर्दै आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको थियो। संघले गरेको यो आन्दोलनमा नेपाल चिकित्सक संघले पनि समर्थन जनाएको छ।

संघले डाक्टरको दरबन्दी संघअन्तर्गत राख्दै आवश्यकताअनुसार प्रदेश र स्थानीय तहमा खटाउन लगायतका माग राख्दै आएको छ। माग पूरा नगरे सबै डाक्टरले सामूहिक राजीनामा दिने बताएका छन्। यता, सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बिहिबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै अत्यावश्यक सेवामा हडताल तथा कुनै पनि प्रकारको अवरोध गर्न नपाइने निर्णय भएको जानकारी दिएका छन्।

सार्वजनिक हितका लागि अत्यावश्यक सेवामा हडताल गर्न निषेध गरिएको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले जानकारी दिए। मन्त्रिपरिषद्का निर्णयअनुसार अस्पताल, एम्बुलेन्स, औषधि उत्पादन, टेलिफोन, जल, स्थल वा हवाई यातायात, रेलमार्ग,  सञ्चार क्षेत्र, खानेपानी वितरण तथा सञ्चालन, पर्यटन, होटल, पेट्रोलियम पदार्थ, एलपी ग्यास, फोहरमैला व्यवस्थापन विद्युत्, दैनिक खाद्य वस्तु, बैंक बीमालगायतका क्षेत्रमा हडताल गर्न पाइने छैन। सो सम्बन्धी व्यवस्थासहितको सूचना छिट्टै राजपत्रमा प्रकाशित हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्