विराटनगर, २२ चैत । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय कार्यसमितिको १९औं वार्षिक साधारणसभा तथा ८औं महाधिवेशन यही चैत २५ र २६ गते प्रदेश नं १ को राजधानी विराटनगरमा हुने भएको छ ।
महाधिवेशनमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको निर्वाचनमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले पहुँचयुक्त विद्युतीय भोटिङ मेशिन प्रयोग गरिने महासंघले बताएको छ । उक्त महाधिवेशनमा नवीकरण भएका ३३१ सदस्य संस्थामध्येबाट जम्मा ६३३ जना प्रतिनिधिले भाग लिने महासंघले जानकारी दिएको छ । यसमध्ये पुरुष प्रतिनिधि २९२ जना र महिला प्रतिनिधि ३४१ जना रहेका छन् ।