प्रदेश २ मा स्थगित एसईई परीक्षा पुनः आजदेखि सुरु

<span class='c1'>प्रदेश २ मा स्थगित  एसईई परीक्षा</span> <span class='c2'>  पुनः आजदेखि  सुरु</span>

जनकपुर, २२ चैत।  प्रश्नपत्र आउटपछि प्रदेश २ मा रद्द र स्थगित गरिएको माध्यमिक (एसइई) परीक्षा आजदेखि पुनः सुरु भएको  छ । प्रश्नपत्र आउट भएपछि राष्ट्रिय परीक्षा बोर्डले रद्द र स्थगित गरेकाे एसईई परीक्षा  अन्तर्गत शुक्रबार विज्ञान विषयको पुनः परीक्षा हुँदैछ ।

प्रदेश २ को ८ वटै जिल्लामा रद्द र बाँकी विषयको परीक्षा शुक्रबारदेखि पुनः सुरु भएको हो । चैत २३ गते सामाजिक, २४ गते जनसङ्ख्या तथा वातावरण, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितिय, २७, २८ र २९ गते प्राविधिक तर्फका विषयहरुको परीक्षा हुने बोर्डले जनाएको छ ।

प्रदेश २ मा जम्मा २६३ परीक्षा केन्द्र छन् भने ७२ हजार ४९ परीक्षार्थी परीक्षामा भाग लिएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी बताउनुभयो ।

चैत २२ देखि चैत २९ गतेसम्म चल्ने परीक्षा मर्यादित्त बनाउन र अवान्छित गतिविधि रोक्न केन्द्राध्यक्ष बाहेक परीक्षामा खट्ने परीक्षा निरीक्षक, सुरक्षाकर्मी, कर्मचारी र सहयोगी सबैलाई माेवाईल निषेध गरिएकाे छ ।

बिहीबार बसेको प्रदेश २ माध्यमिक शिक्षा परीक्षा सञ्चालन समन्वय समितिको बैठकले परीक्षा केन्द्रमा खट्ने केन्द्राध्यक्ष बाहेक सबैलाई मोबाइल प्रयोग निषेधको साथै सम्पूर्ण विद्यार्थीलाई परीक्षाकेन्द्रमा प्रवेश गर्ने बेला अनिवार्य खानतलासी गर्न निर्देशन दिएको छ ।

यसअघि विज्ञान र समाजिक विषयको परीक्षा पूर्व नै पश्नपत्र आउट भएपछि राष्ट्रिय परीक्षाबोर्डले दुवै विषयको परीक्षाको साथै अन्य बाँकी विषयको परीक्षासमेत स्थगित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्