श्रीमतीको हत्या आरोपमा श्रीमानसहित ३ जना पक्राउ, हत्याकाे कारण यस्ताे

<span class='c1'>श्रीमतीको हत्या आरोपमा श्रीमानसहित ३</span> <span class='c2'>जना पक्राउ, हत्याकाे कारण यस्ताे</span>

कपिलवस्तु, २२ चैत ।  एक महिनाअघि कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर ४ की २६ वर्षीया अनिता पौडेलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले अनिताका पतिसहित ३ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी अनिता पौडेलको हत्यामा संलग्न रहेको आरोपमा उनका श्रीमान् बाबुराम पौडेल, देवदह नगरपालिका वडा नम्बर १० का गुनाखर अधिकारी र श्रीहरि गौतमलाई सार्वजनिक गरेको हो । पक्राउ परेका ३ जनामध्ये मुख्य आरोपी गुनाखर अधिकारी रहेको प्रहरीले जनाएको छ ।

अनिताका पति बाबुराम पौडेलले ७ लाख रुपैयाँ दिने सहमति भए पछि गुनाखर अधिकारीले अनिता पौडेलको गत फागुन ११ गते अनिताकै घरमा हत्या गरेको पुष्टि भएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताए।

अनिता र उनका पति वाबुराम पौडेलबीच केही वर्ष यता राम्रो सम्बन्ध नरहेको, अन्य पारिवारिक कारण र सम्पत्ति एक्लै आफ्नो बनाउन श्रीमतीको हत्याको योजना उनकै पतिले गरेको प्रहरी उपरीक्षक पुडासैनीले बताए ।

पक्राउ परेका ३ जनामाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा थुनामा राखिएको छ । मृतक अनिताकी आमा धनकला भूषालले हत्यामा संलग्न ३ जनालाई हदै सम्मका सजाय हुनु पर्ने माग गरेकी छिन् । मृतक अनिताका १ छोरी र १ छोरा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्