मोरङको बुढीगंगामा ७५ करोडको लगानीमा आयुर्वेदिक औषधी उद्याेग स्थापना

<span class='c1'>मोरङको बुढीगंगामा  ७५ करोडको लगानीमा</span> <span class='c2'> आयुर्वेदिक औषधी उद्याेग स्थापना</span>

 विराटनगर, २२ चैत। मोरङको बुढीगंगामा आयुर्वेदिक औषधालय स्थापना भएको छ ।  कश्यप ऋषि आयुर्वेद कम्पनीले ७५ करोड रुपैयाँको लागतमा आयुर्वेदिक औषधी उद्याेग स्थापना गरेको हो । कम्पनीले दुई महिनाभित्र विभिन्न ४५ प्रकारका आयुर्वेदिक औषधी बजारमा ल्याउने कम्पनीका प्रबन्ध निर्देशक सन्तोष साहले जानकारी दिए ।

‘हाम्रो उत्पादन दुई महिना भित्र बजारमा आउँछ, दैनिक छ टन औषधी र ४ लाख ट्यावलेट एक साथ उपादनको तयारी छ’ उनले भने ।
पहिलो चरणमा ४५ प्रकारका आयुर्वेदिक औषधी निर्माण गरी बजारमा ल्याउने भए पनि दुई बर्षमा थप डेढ अर्ब पुँजी वृद्धि गरी कस्मिेटिक्स, खाद्यान्नसहित १ सय ८० प्रकारका उत्पादन थाल्ने योजना कम्पनीको रहेको साहले जानकारी दिए ।

स्वदेशी जडिबुटी प्रयोग गरी उत्पादन गरिने आयुर्वेदिक औषधीहरु नेपालसहित भारत, भुटान, पाकिस्तान, बंगलादेशमा समेत निर्यात गरिने कम्पनीले जनाएको छ ।  साहले कम्पनीले छुट्टै २० हजार जनसंख्या बराबर एक मेघास्टोर सञ्चालन गरी त्यही स्टोरमार्फत स्वास्थ्य परीक्षण निशुल्क गर्ने व्यवस्था गर्ने जानकारी दिए ।

कम्पनीले नेपाल जडिबुटीको खानी रहेकाले यसको अधिकतम् उपयोग गरी स्वदेशी जडिबुटीबाट औषधी उत्पादन गर्ने सोचसहित एक बर्षदेखि औषधालयको निर्माण थालिएको साहले जानकारी दिए । अनलाईन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्