सरकारले चटपटे बिक्रीमा कडाइ गर्ने, ‘स्ट्रिट फूडको स्वच्छता सम्बन्धी निर्देशिकाको मस्यौदा तयार

<span class='c1'>सरकारले चटपटे बिक्रीमा कडाइ गर्ने, ‘स्ट्रिट</span> <span class='c2'>फूडको स्वच्छता सम्बन्धी निर्देशिकाको मस्यौदा तयार</span>

काठमाडौं,  २२ चैत । सरकारले चटपटे बिक्रीमा कडाइ गर्ने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशिका बनाएर मापदण्ड निर्धारण गर्दै चटपटे बिक्रीमा कडाइ गर्ने भएको हो । त्यसका लागि विभागले ‘स्ट्रिट फूडको स्वच्छता सम्बन्धी निर्देशिका २०७५’ को मस्यौदा तयार पारिसकेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कर्णले निर्देशिकाको मस्यौदा तयार भएको भन्दै त्यसलाई स्वीकृत गर्न बाँकी रहेको बताए ।

‘सडक पेटीमा बेचिने वस्तुको नियमन गर्नुपर्छ,’ उनले भने, ‘विशेषगरी सडक पेटीमा प्रिन्टेड कागजमा बिक्री हुने खानेकुरा नियमनका लागि निर्देशिका लगभग बनिसकेको छ । अब मन्त्रालयबाट स्वीकृत हुन बाँकी छ ।’ कृषि तथा पशुपन्छी विकास मन्त्रीबाट स्वीकृत भएपछि निर्देशिका कार्यान्वयनमा आउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्