विराटनगरमा चोरीका श्रृङ्खला, भारतीय सहित ५ जना पक्राउ गर्न प्रहरी सफल

<span class='c1'>विराटनगरमा चोरीका श्रृङ्खला, भारतीय सहित ५</span> <span class='c2'>जना पक्राउ गर्न प्रहरी सफल</span>

विराटनगर, २२ चैत ।
विराटनगरबाट प्रहरीले चोरीमा संलग्न भएको आरोपमा ५ जनालाई पक्राउ गरी सार्बजनिक गरेको छ । रातीको समयमा बिभिन्न ब्यक्तिको घरमा पस्ने र चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले भारतको बिहार अररिया जोकिमतियारी ग्राम बस्ने बर्ष २५ को मो. सैयुबलाई विराटनगर ११ रोडशेष चोकबाट पक्राउ गरेको हो । सैयुबले दिएको जानकारीका आधारमा अन्य ब्यक्तिलाई समेत प्रहरीले पक्राउ गर्न सफल भएको जनाएको छ । यसरी पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ८ अशोक चोक बस्ने बर्ष २५ को ईमरान खान, कटहरी गाउँपालिका वडा नम्बर १ का ताजिम मिया र विराटनगर महानगरपालिका वडा नम्बर १२ बस्ने बर्ष २६ को जमुना सहनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
डिएसपी श्रेष्ठका अनुसार चोरी गरेको ल्यापटप विराटनगर ८ हाटखोलामा रहेको एसकेएस रिपेरिङ सेन्टरमा लगि कटहरी गाउपालिका २ बस्ने सरोज कुमार साहलाई ईमरान खान र मो. सैयुबले दिएको भनि प्रारम्भिक अनुसन्धानमा खुलेको पछि सरोजलाई पनि पक्राउ गरिएको छ ।
गत चैत १८ गते विराटनगर ४ राधाकृष्ण टोलका रत्नप्रसाद आचार्यको घरको छतमा रहेको सिढिको ढोका फोडेर घर भित्रका सामानहरु चोरी भएको थियो । आचार्यको कोठाबाट ल्यापटप, मोवाईल, क्यामेरा, पर्स, घडी र नेट चलाउने मोडियम र घर कम्पाउण्ड भित्र पार्किङ गरी राखेको साईकल चोरी भएको थियो । चोरी भएको भोली पल्टै चोरीमा संलग्न रहेको आरोपमा १ जनालाई पक्राउ गरेपछि अन्य ब्यक्ति पनि पक्राउ गर्न सफल भएको श्रेष्ठले बताए ।
चोरीमा संलग्न ५ जना ब्यक्तिहरूलाई पक्राउ गरी मुलुकी फौजदारी अपराध (संहिता) ऐन २०७४ बमोजिम चोरी कसुरमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्